News

Dec 12, 2008

बिदेशी हस्तक्षेप भए नेपाली जनता त्यसको प्रतिकारमा उत्रिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिदेशी हस्तक्षेप भए नेपाली जनता त्यसको प्रतिकारमा उत्रिने कुरा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशी/बिदेशी शक्तिले मुलुकमा हस्तक्षेप गर्न खोजे जनता प्रतिकार उत्रिने बताएका छन् । प्रगतिशिल लेखक संघको आयोजनामा मंशिर २७ गते राजधानीमा भएको 'सांस्कृतिक रुपान्तरणको आवश्यक्ता र कार्यदिशा' बिषयक गोष्टीमा बोल्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले कुन बिदेशी शक्तिले मुलुकमा हस्तक्षेप गर्न खोजेको छ भन्नेबारे भने केही खुलाएनन् । बामपन्थी लेखकहरुको साझा संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नयाँ संविधान निर्माणका लागि लेखकहरुलाई खवरदारी गर्न पनि आग्रह गरे । 'जनमुखि संविधान बन्न सक्दैन भन्ने आंशकालाई हामीले मेटाउनुपर्ने आवश्यक्ता छ' प्रधानमन्त्रीले कार्यक्रममा भने । गोष्टिमा माओवादी नेता मोहन बैद्य र एमाले नेता प्रदीप ज्ञवालीले कार्यपत्र पेश गर्दैछन् ।

No comments: