News

Dec 12, 2008

वर्तमान अवस्थामा राजीनामा नदिने - बामदेब गौतम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले आफूले वर्तमान अवस्थामा राजीनामा नदिने बताउनुभएको छ । संसदमा एमालेकै सभासदले शान्ति सुरक्षा कायम राख्न
असफल भएको भन्दै राजीनामा मागेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।एमालेकै नेताहरुले तपाइको राजिनामा माग्दैछन् नि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासमा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका गौतमले भन्नुभयो- राजिनामा माग्नेहरुले मलाई मन्त्री बनाएका होइन, मन्त्री बनाएकाले राजिनामा मागे भने सोचौला ।राजनीतिक मुद्दा बोकेका तराइका सशस्त्र समूहका लडाकुहरुलाई सुरक्षा निकायमा समयोजन गर्न सकिने बताउनुभएको छ । सरकारसँगको बार्तामा नआए कारबाही गर्ने चेतावनी दिदै आएका गृहमन्त्री गौतमले सार्थक बार्तापछि सशस्त्र समूहका लडाकुलाई नयाँ मापदण्ड बनाएर सुरक्षानिकायमा समायोजन गर्न सकिने दाबी गर्नुभयो ।

No comments: