News

Dec 12, 2008

पुस १ गतेदेखि खानेपानी महसुल वृद्धि गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आगामी मंगलबारदेखि खानेपानी महसुल वृद्धि गर्ने भएको छ। केयूकेएलले प्रस्ताव गरेको महसुल दर खानेपानी महसुल निर्धारण आयोगले अनुमोदन गरेकाले पुस १ गतेदेखि महसुल वृद्धि गर्न लागिएको हो।नयाँ महसुल दरअनुसार काठमाडौं उपत्यकाका उपभोक्ताले र्सार्वजनिक धाराबाट खानेपानी उपभोग गरेबापत बढी महसुल तिर्नुपर्ने भएको छ। यसअनुसार र्सार्वजनिक धाराका उपभोक्ताले न्यूनतम २ सय ५ रुपियाँ ८० पैसा तिर्नुपर्नेछ। निजी धारा राख्ने ग्राहकले न्यूनतम ८२ रुपियाँ ५० पैसा खानेपानी महसुल भुक्तानी गरे पुग्ने भएको छ।यस्तै मिटर जडान नगरिएका धाराको खानेपानी महसुल ४६ प्रतिशतले वृद्धि गरिएको छ। नयाँ महसुल दरअनुसार प्रतिघण्टा न्यूनतम ३ सय ६० रुपियाँबाट बढेर ४ सय ७० रुपियाँ पुर्याइएको छ।केयूकेएलले मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने भएको सम्झौताअनुरूप खानेपानीको महसुल वृद्धि गर्दै दाता एसियाली विकास बैंकले राखेको प्रस्तावअनुरूप खानेपानी महसुल बढाउन लागेको हो।बैंकले खानेपानी महसुल बढाउने र्सतमा मेलम्ची खानेपानी आयोजनाका लागि ऋण सम्झौता गरेको हो।यसै गरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले खानेपानीजस्तो अत्यावश्यक वस्तुमा कुनै सुधार नगरी अनियमित तरिकाले महसुल बढाएको आरोप लगाएको छ।महसुल वृद्धि कार्यान्वयन गराउन कम्तीमा ३५ दिने र्सार्वजनिक सूचना जारी गरी उपभोक्तालाई जानकारी गराउनुपर्ने काम केयूकेएलले नगरेको महासंघले जनाएको छ।यसै गरी काठमाडौं उपत्यकामा खानेपानीका ग्राहकको संख्या बढेर १ लाख ५४ हजार ३ सय ८५ पुगे पनि विद्यमान पानी आपूर्तिमा कुनै पनि सुधार नभएको अवस्था रहेको महासंघले जनाएको छ।यस्तै उपत्यकाको संयन्त्रबाट ४० प्रतिशत पानी चुहिएर गए पनि केयूकेएलले नियन्त्रण गर्न सकेको छैन।

No comments: