News

Dec 5, 2008

स्वरसम्राट नारायण गोपालको देशभर स्मरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको १८ औं पुण्यतिथि राजधानी लगायत मुलुकका विभिन्न स्थानमा विशेष कार्यक्रमका साथ मनाइएको छ । नेपाली सांगीतिक आकाशका उज्वल नक्षत्रका रुपमा स्थापित उहांलाई उच्च सम्मानका साथ स्मरण गरिन्छ ।पुण्यतिथि अवसरमा नारायणगोपाल सङ्गीत कोषद्वारा सितारवादक नरेन्द्र बाटाजुलाई २५ हजारको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो । पुरस्कार राशि १० हजार रुपैयांको छ । सोही कार्यक्रममा युवागायक शैलेश सिंहको आवाजमा सङ्ग्रहित ११ आधुनिक गीतका विशेष सङ्ग्रह 'सन्धि' नामक गीतिसङ्ग्रह लोकार्पण गरियो ।तवलाबादकबाट गीतसङ्गीतका क्षेत्रमा उदाएका स्वरसम्राट स्व.गुरुवाचार्यले चारवटा नेवारीसहित १३७ वटा गीतमा स्वर दिनुभएको छ । सरस्व्ती क्याम्पस, लैनचौरमा विसं २०१७ तिर अध्ययन गर्दा तवलाबादकका रूपमा यसक्षेत्रमा प्रवेश गरी कडा मिहिनेत र मीठो स्व्ारका कारण उहां सफलताको शिखरमा पुग्न सफल हुनुभएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो । काठमाडौंको किलागलमा विसं १९९८ असोजमा जन्मेर गीत, सङ्गीत, साहित्य सम्पादक, व्यवस्थापकलगायतका क्षेत्रमा संलग्न हुनुभएका स्व.गुरुवाचार्यको ओजस्व् र मधुर स्वर गर्दा उहां गीत, सङ्गीतका क्षेत्रमा सफल हुनुभएको थियो ।कोषका अध्यक्ष नगेन्द्र थापा, महासचिव डा.वानिरा गिरी, साहित्यकार प्रकाश सायमी, गीतकार चेतन कार्की, मन्जुललगायतले नेपाली गीत, सङ्गीतका फांटमा नारायणगोपाल सफलताको उचाइ चुम्न सफल हुनुभएको बताउँदै बर्सेनि रू.७५ हजार प्रदान गरिदै आएको स्मृति कोषमा थप सहयोगको व्यवस्था गर्न सरकारसंग आग्रह गर्नुभयो ।

No comments: