News

Dec 5, 2008

नयाँ संविधान निर्माण गर्ने प्रक्रियामा सबैको सहयोग आवश्यक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले मुलुकमा संविधानसभा निर्वाचन सफतापूर्वक सम्पन्न भइ अहिले नयाँ संविधान निर्माण गर्ने प्रक्रियामा रहेकाले यसकार्यमा सबैको सहयोग आवश्यक पर्ने बताउनुभएको छ । एक भइएर अघि बढे समयमै संविधान बन्ने उहाँले उल्लेख गर्नुभयो ।नेपाल स्वतन्त्र सफाइ मजदुर युनियन, काठमाडौँ महानगरपालिकाद्वारा बिहीबार आयोजित समारोहमा महानगरपालिका ज्येष्ठ कर्मचारीलाई सम्मान एवम् विसं. २०६४ को एसएलसी परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने महानगरपालिकाका कर्मचारी र सफाइमा कार्यरत कर्मचारीका छोराछोरीलाई पुरस्कार वितरण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।अध्यक्ष नेम्बाङले निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गरी शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु आजको आवश्यकता हो भन्नुभयो । उहाँले विभिन्न व्यक्तित्वलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

No comments: