News

Dec 7, 2008

नाम्सका उपकुलपतिसहित सबै पदाधिकारीद्वारा राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीस्थित मुलुकको जेठो वीर अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम्सका उपकुलपतिसहित सबै पदाधिकारीहरुले सामूहिक राजिनामा दिएका छन् । विभिन्न माग राख्दै वीर अस्पतालका आवासीय चिकित्सकहरुले आन्दोलन गरेपछि नाम्सका उपकुलपति विश्वराज दलि, डिनलगायत अधिकारीले स्वास्थ्यमन्त्रीसमक्ष राजिनामा दिएका हुन् ।यसअघि अस्पतालका तलबी कर्मचारीहरुले पनि दलिको राजिनामा माग गर्दै आन्दोलन गरेका थिए । शनिबार भएको वार्तामा उपकुलपति दलिले आफु एक्लैले राजिनामा नदिने अडान राखेपछि समस्या समाधानका लागि सवैले राजिनामा दिएको बताइएको छ । यसैबीच आन्दोलनरत कर्मचारीहरुको मागका विषयमा स्वास्थ्य मन्त्रालयमा वार्ता हुने भएको छ ।वार्तामा आन्दोलनरत कर्मचारीहरुको माग र उपकुलपति सहितका पदाधिकारीहरुको राजिनामाका विषयमा छलफल हुने स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिनुभयो ।

No comments: