News

Dec 7, 2008

दुबईमा मानव तस्कर गिरोहमा नेपालीको संलग्नता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सरकारले इराक अफगानिस्तानजस्ता मुलुकहरुमा रोजगारीकालागि कामदार पठाउन प्रतिबन्ध लगाए पनि नेपालबाट महंगो मूल्य असुल गरी जोखिमपूर्ण काम गर्न इराक पठाउने एक गिरोह दुबईमा जनप्रगतिशील मच यूएई च्याप्टरले पत्ता लगाई आम नागरिकका सामू सार्वजनिक गरेकोछ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका भातृ संगठन जनप्रगतिशील मच यूएई च्याप्टरले भी टु नाम दिई मिशन तयार पारी दुई महिनाको अथक प्रयासबाट उक्त गिरोहलाई सार्वजनिक गर्न सफल भएको हो । मचले त्यस गिरोहले टी वन, टी टु सेटिङृ भिसा आउटजस्ता पासवर्ड पनि प्रयोग गर्ने गरेको रहस्य खोलेको छ ।इराक अति नै जोखिमपूर्ण अवस्थाको मुलुक भए पनि यो मानव तस्कर गिरोहले सोझासाझा नेपालीहरुबाट ठूलो रकम अँठ्याई उनीहरुलाई केही वर्षदेखि दुबई र शारजाह हुँदै इराक पठाउने कार्य गर्दे आएको उक्त गिरोहमा संलग्न शंकर बोगटीले स्वीकार गरेकोछ । जनप्रगतिशील माच यूएई च्याप्टरले नॆपाली राजदूतावासका प्रथम सचिव प्रकाशमणि पौडेलको उपस्थितिमा एक पत्रकार सम्मेलन गरी उक्त गिरोहका व्यक्तिहरुलाई आमुन्ने सामुन्ने गराई कसुर स्वीकार गर्न लगाएको थियो । पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिदै मानव तस्कर गिरोहमा संलग्न गोरखा पालुङटार घर भई हाल यूएईमा कार्यरत दामोदर गिरीले आफूले १०० जनाभन्दा बढी नेपाली कामदार इराक पठाएको स्वीकार गरे । उनले भनेका छन्- एक जना व्यक्तिसित दुईदेखि अढाई लाख नेरु सम्म लिने गरिएकोछ ।त्यस्तै त्यस गिरोहका अर्का सदस्य शंकर बोगटीले आफूले दुई वर्षदेखि यो मानव तस्कर जस्तो अपराध कार्य गरेको स्वीकार गर्दै दुईदेखि तीन सयको संख्यामा नेपालीहरु इराक पठाएको बताएकाछन् । जनप्रगतिशील माच यूएईले गए मंगलबार बिहान ६ बजे नै दुबईबाट २०० किलोमिटर टाढा राशलखेमाको एक बस्तीमा इराक जाने युवाहरुलाई लुकाएर राखिएको घरलाई आफ्नो घेरामा लिई उक्त गिरोहका केही व्यक्तिहरुलाई समेत आफ्नो नियन्त्रणमा लिएका थिए । यसपछि उनीहरुलाई दुबईको एभरेष्ट इन्टरनेशनल होटलमा ल्याई एक पत्रकार सम्मेलन गरी स्थिति सार्वजनिक गरेको थियो । उक्त मानव तस्करी गिरोहमा लागेका पत्रकार नारायण लम्साललाईसमेत उक्त माचले पत्रकार सम्मेलनमा बोलाई आफ्नो कसुर स्वयं जाहेर गर्न आग्रह गरेपछि नारायण लम्सालले माफी माग्दै आफूलाई सुधार गर्ने प्रतिबद्धता जाहेर गरे । नेपाल टेलिभिजनमा हेलो नेपाल कार्यक्रमका लगानीकर्ता लम्सालजस्तो व्यक्तिलाई पत्रकार महासंघले कार्यवाही गरिने कुरा महासंघ यूएई सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनले बताए । राजदूतावासका प्रतिनिधिको उपस्थितिमा माचका कार्यकर्ता र पत्रकारहरुले सोधपूछ गरेपछि तस्कर गिरोहका ती व्यक्तिहरुले यूएई र नेपालमा रहेका केही दलालहरुको नाम बताएका थिए । तत्कालै ती व्यक्तिहरुसित सम्पर्क हुन नसकेपछि मचले केही दिनभित्र उक्त व्यक्तिहरुलाई यसरी नै पत्रकारहरुमाझ ल्याई आफ्नो अपराध स्वीकार गर्न लगाएर कार्यवाही गराउने जनप्रगतिशील मचका सदस्य दीपक बानियाँले बताउनुभएकोछ । तस्कर गिरोहका यी सदस्यहरुले यूएईमा आफूहरु समेत राजन खतिवडा, बिष्णु पाण्डे, चितवन तेज आचार्य, नरेन्द्र पौडेल, झापा कृष्ण आचार्य, टेकराज भण्डारी हाल काठमाडौं कुमार बुढाथोकी, ईन्द्र काफ्ले, इन्द्र थापा, बिष्णु पाण्डे, रबिन्द्र आदि व्यक्तिहरु सकि्रय रहेको बताएकाछन् । त्यस्तै सार्वजनिक गरिएका यी व्यक्तिहरु र इराक जान आएका पाँज नजा युवालाई सोधपूछ गर्दा नेपालमा यस गिरोहसँग दिनेश अर्याल मोबाइल नं. ९८५११०१८८३ सुरेश पौडेल मो. ९८४१९८५१५ गणेश कटवाल सराङकोट-२ पोखराका नेत्रबहादुर थापा मो. ९८०४१३२६३३ सराङकोट पोखरा-४ का शेरबहादुर थापा मो. ९८४६०२३२२४ बुद्धनगर चितवनका राम कुंवर मों. ९८५५०५६०२२ बाग्लुङका कृष्णबहादुर पुन क्षितिज म्यानपावर कम्पनीमा काम गर्ने सतिस क्षेत्री मो. ९८५१०८५८२९ टेकबहादुर थापा जोनी थापा मो. ९८४१५८८५ नारायण ढुंगाना मो. ९८४१३५३२५७ सुरेश पौडेल मो. ९८४१७१५९८ शर्मिला घिसिङ मो. ९८४१४९६४१८ बर्दियाका गणेश कटवाल मो. ९८५११०८५४९ सकि्रय रहेको बुझिएकोछ ।यस गिरोहले नेपाली मात्र होइन अन्य दक्षिण एसियाली मुलुकका मानिसहरुलाईसमेत इराकजस्तो जोखिमपूर्ण मुलुकमा पठाउने कार्य गरेकोछ । इराक जान भनी ल्याइएका ती युवाहरुका अनुसार केही दिनअघि उनीहरुले केही श्रीलंकन युवाहरुलाईसमेत इराक पठाएका थिए । यस गिरोहसँग भारतीय इजि_िप्सयन फिलिपिनी अरबी र बि्रटिश नागरिकहरुको समेत संलग्नता रहेको दामोदर गिरीले बताएकाछन् । उनले इराकमा टेकराज भण्डारी भन्ने मानव तस्कर दलालसँग आफ्नो सम्पर्क रहेको बताए । जनप्रगतिशील माचले राशल खेमाको एक बस्तीमा लुकाएर राखिएका एक सय जनाभन्दा बढी युवामध्ये पाँच जनालाई पत्रकार सम्मेलनमा बोलाएका थिए । पत्रकार सम्मेलनमा उपस्थित इराक जान यूएई आएका सराङकोट पोखराका लोकबहादुर भुजेल शुक्रनगर-२ चितवनका गंगाबहादुर रिमाल कल्याणपुर-२ नुवाकोटका रबिन खडका बिराटनगर-६ बिजुली अफिसका नारायणनन्द पुरी पोखरा-६ लेकसाइडका विवेक अधिकारीका अनुसार उनीहरुले प्रतिव्यक्ति दुई लाख पचास हजारदेखि दुई लाख साठी हजारसम्म बुझाएर आएका छन् । तर शंकर बोगटीले इराक जाने युवाहरुले सरदर पाँच सयदेखि पाँच सय पचास डलरसम्म तलब पाउने र उनीहरुसित नेरु दुई लाख जति उठाउने गरेको बताए । उनले दुबईस्थित प्राइम प्रोजेक्टलाई मान्छे दिने बताएकाछन् । प्राइम प्रोजेक्टको कार्यालय इराकमा पनि रहेको बुझिएकोछ । गिरोहमा संलग्न व्यक्तिहरु र इराक जान आएका व्यक्तिहरुसित हुन आएको जानकारी अनुसार यस गिरोहले इराक जाने कामदारहरुसित सरदर अढाई लाख रुपैयाँ असुल गरी नक्कली भिसा बनाई आफ्ना नेटवर्कमार्फत् श्रम कार्यालयबाट स्वीकृति लिएर नेपाल एयरपोर्टबाट मान्छे उडाउँछन् । त्यस्तै उनीहरुले बंग्लादेश र भारतका केही एयरपोर्टहरुबाट पनि मान्छे पठाउँछन् । सामान्यतः आउने व्यक्तिहरुलाई दुईवटा भिसा दिइएको हुन्छ । उनीहरुलाई नेपाल एयरपोर्टमा देखाउने भिसा जहाजमा बसेपछि च्यातिदिने आदेश भएको हुन्छ भने अर्काे प्रतिलिपि भएको भिजिट भिसा चाहिँ दुबई वा शारजाहको एयरपोर्टमा देखाउने आदेश भएको हुन्छ । यूएईमा केही महिनाअघि नेपालीहरुलाई यहाँको स्थानीय सरकारले भिजिट भिसा बन्द गरेको बखतसमेत सयौं व्यक्तिहरु धमाधम एयरपोर्टमा आई इराकतिर लागेको सवैले बुझेको बेला यो भिसा कहाँबाट निष्काशन हुन्छ त भन्ने प्रश्न खडा भएको थियो । यस अर्थमा यस गिरोहको हात कहीँ माथिसम्म नै छ भन्ने कुरातर्फ इंगित गर्दछ । गिरोहका एक सदस्य नारायण लम्सालले आफूले त्यस बखत पनि भिजिट भिसाहरु निष्काशन गराएको बताएकाछन् । शारजाह र दुबईका एयरपोर्टहरुमा अवतरण भएका इराक जान ल्याइएका यी युवाहरुलाई शहरी क्षेत्रभन्दा दुई सय किलोमिटर जति टाढा एउटा वस्तीको घरमा राखिनुको पछाडि पनि रहस्य लुकेकोछ । उनीहरु नेपालीबाट नै त्रसित भएर यी व्यक्तिहरुलाई त्यहाँ राखेका हुन् भन्ने छर्लंङ्ग हुन्छ किनकि इराक पठाउनु भनेको यूएईको कानूनले भने गैह्र कानूनी ठहर्दैन । त्यस्तै सयौं व्यक्ति दुबई र शारजाहका एयरपोर्टभित्र हप्तौंसम्म बस्छन् । गिरोहका मानिसहरुले उनीहरुलाई राशनपानीका लागि रकम पठाउने गर्दछन् । यसबाट पनि उनीहरुको पहुँचलाई आँकलन गर्न कत्ति पनि गाह्रो पर्दैन । राशलखेमाको एक घरमा इराक पठाउन भनी राखिएका एक सयभन्दा बढी व्यक्तिहरुको तर्फबाट पत्रकार सम्मेलनमा आएका पाँच जना युवाले आफूहरुले बुझाएका रकम साँवा ब्याजसहित फिर्ता गराई घर फर्काइदिन दूतावाससमक्ष निवेदन गरेकाछन् ।हाल यूएईमा विभिन्न स्थानमा राखिएका र एयरपोर्टहरुमा रहेका इराक जान बोलाइएका नेपाली युवाहरुलाई मानव तस्करीमा लागेका यी व्यक्तिहरुले उनीहरुले तिरेको रकम सावाँ ब्याजसहित फिर्ता गरी १० दिनभित्र नेपाल फिर्ता गर्न गिरोहमा संलग्न नारायण लम्साल शंकर बोगटी र दामोदर गिरीले संयुक्त रुपमा कागज गरेकाछन् । यस गिरोहले हजारौं नेपालीलाई इराक पठाइसकेको छ । सयौं नेपाली इराकमा बिचल्लीमा रहेका कन्टेनरहरुमा सुतिरहेकाजस्ता समाचारहरु छापामा आइरहेका छन् । कैयौंपटक नेपालीहरु त्यहाँ बेपत्ता भएको कुरा पनि समाचारहरुमा आएकाछन् । इराक जाने यी नेपालीहरुको त्यहाँ न कामको ग्यारेन्टी हुन्छ न उनीहरुको इन्स्योरेन्स भएको हुन्छ जबकि संसारकै एक जोखिमपूर्ण मुलुक हो इराक । नेपालीको समस्या बुझ्ने त्यहाँ नेपालको कुनै कुटनैतिक नियोग पनि छैन ।इराकमा ११ जना नेपालीलाई रेटेर ज्यान लिएको बिभत्स हत्यालाई नेपालीहरुले भुल्न पनि नसेकेको बेला नेपाल अधिराज्यभरि नेपाली युवाहरुलाई इराक जान पठाउने नेटवर्क बनेको यस मिसनले प्रमाणित गरिदिएको बखतमा यूएईस्थित नेपाली नियोगले अब के गर्ने त भन्ने प्रश्न जनप्रगतिशील माचले तेस्र्याएकोछ । माचले यस कार्यमा दूतावासको पनि सकि्रयता हुन सक्ने शंका व्यक्त गरेकोछ । मचले यसरी मानव तस्कर गिरोह दुबईमा सकि्रय रहेको बेला दूतावास किन चूप छ भन्ने प्रश्न पत्रकारहरुसामु राखेको छ । यस गिरोहले दूतावासका प्रतिनिधिहरुकै अगाडि आफ्नो कसुर स्वीकार गरिसकेकोले अब दूतावासले दुबईमा सकि्रय यी दुई चारजना मात्र होइन यस गिरोहमा नेपालमा समेत संलग्न सम्पूर्ण साजाल पत्ता लगाई कार्यवाही गराउन सक्नुपर्दछ । जनप्रगतिशील माच यूएई च्याप्टरका कार्यकर्ताहरुले यस गिरोहबाट ज्यान मार्ने धम्की समेत पाएको बताएकाछन् । उनीहरुले पत्रकार सम्मेलनमा 'OK to board Syestem' लगाउनुपर्ने नेपाली पासपोर्टमै प्रतिबन्धित मुलुकहरुको नाम खुलाउनुपर्नेजस्ता कुराहरुको व्यवस्था गरी यस्ता अपराधलाई न्युनिकरण गर्न सकिन्छ भन्ने प्रस्ताव पनि अगाडि सारेकाछन् ।

No comments: