News

Dec 7, 2008

गिरिजाप्रसाद कोइराला अस्पताल भर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काग्रेसका सभापति एबं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि उहांलाई अस्पताल भर्ना गरिएको छ । नेपाल काग्रेसले शनिबार महेन्द्रनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गरी आइतबार राजधानी फर्कनेक्रममा स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि विमानस्थलबाट सिधै उहांलाई राजधानीको बांसबारीस्थित शहीद गंगालाल हृदह केन्द्रमा पुर्‍याइएको थियो ।कोइरालाको फोक्सोमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएको छ । उहांको चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरिरहेको उपचारमा संलग्न चिकित्सक डा. मनबहादुर केसीले जानकारी दिनुभयो । लामो समयदेखि श्वासप्रश्वासबाट पीडित कोइराला बिगत एक महिनादेखि आयोजना भइरहेको पार्टीको जागरण अभियानमा सहभागी भइरहनुभएको थियो । चिकित्सकहरुले भने सार्वजनिक कार्यक्रममा नहिंड्न र आराम गर्न सल्लाह दिए पनि दौडधुपमा लागेका कारण उहांको स्वास्थ्यमा पुन समस्या आएको बताएका छन् ।

No comments: