News

Dec 8, 2008

अर्काकी पत्नीसँग सल्के क्रिस्टियानो रोनाल्डो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हालै युरोपेली वर्ष खेलाडी घोषित भएका क्रिस्टियानो रोनाल्डोको प्रेमका बारेमा नयाँ समाचार बाहिर आएको छ । सनसनीपूर्ण समाचारलाई प्राथमिकता दिँदै आएको बि्रटिस ट्याबोलाइट पत्रिकाले रोनाल्डो विवाहिता महिलासँग 'डेटिङ'मा मस्त हुन थालेको समाचार प्रकाशित गरेका हुन् । धनी व्यापारी जोन हेनेसकी पत्नी अल्योना हेनेससँग रोनाल्डोको लसपस बढेको हो । हुन त जोन र अल्योनाबीच पछिल्लो समय बोलचाल थिएन । २३ वषरीय रोनाल्डो र अल्योनाको भेट अल्डेर्ली एजमा भएको मानिएको छ । म्यानचेस्टर युनाइटेडका खेलाडी सो स्थानमा प्रायः गइरहन्छन् । २५ वर्षीया ग्र्याजुएट अल्योना तथा रोनाल्डो चेसाएरको ब्रामहलमा रहेको पिकोलिनो रेस्टुरेन्टमा 'डेटिङ' भ्याएपछि फर्किंदै गर्दा एक 'पापाराजी' फोटोसमेत खिच्न भ्याए । गत साता उनीहरू सो रेस्टुरेन्टमा डेटिङमा थिए । युक्रेनकी अल्योना र प्रतिसाता एक लाख ३० हजार पाउन्ड कमाउने स्टार एक साथ बसेर रात्रिभोजको मज्जा लिएको प्रत्यक्षदर्शीले बताएका छन् । रेस्टुरेन्ट छाडेपछि उनीहरू रोनाल्डोको पोर्चे काएनेमा बसेर त्यहाँबाट हिँडेका थिए । त्यसको भोलिपल्ट अल्योना पति जोन र ११ वर्षीया छोरी एसावेलासँग खाना खान पुगेकी थिइन् । पतिको पचासौं जन्मदिन मनाउनेक्रममा उनीहरू एक साथ देखिएका थिए । सो भेटबाटै फेरि साथै बस्न पाइने आशा उनलाई थियो । 'यदि केही रातअघि उनी रोनाल्डोसँगै थिइन् भन्ने जानकारी पाएको भए अहिले हामी सँगै खाना खाइरहेका हुन्नथ्यौँ,' अल्योनाका पति जोन भन्छन्, 'मलाई थाहा भयो, अब हाम्रो विवाह समाप्त भयो ।' रोनाल्डोसँग आफ्नी पत्नीको सम्बन्धबारे बुझ्न जोनले निजी जासुस भाडामा लिएका छन् । साथै, उनले पत्नीलाई सम्बन्धविच्छेदको चेतावनी पनि दिएका छन् । जोन र अल्योनाको सम्बन्ध भने एक रसियाली वेबसाइटमार्फत भएको थियो । सो वेबसाइटमा एकल धनाढ्यसँग सम्बन्ध गाँस्न आतुर रसियाली केटी सदस्य रहेका छन् । पाँच वर्षअघि जोनले अल्योना भेट्दै गर्दा रोनाल्डोले भर्खरै नेरिडा गालार्डोलाई छाडेर इटालियन मोडल लेत्जिया फिलिपीसँग नजिकिँदै थिए । रोनाल्डो र अल्योनाबीच तीन सय मोबाइल सन्देश आदान-प्रदान भएको दाबी पनि पति जोनले गरेका छन् । 'उनीहरूबीच पहिलो सन्देश आदान-प्रदान ३१ अगस्टमा भएको रहेछ,' जोन भन्छन्, 'सन्देश आदान-प्रदानका लागि उनले अर्को फोन प्रयोग गरेकी रहिछन्, त्यो भेटेपछि मात्र सन्देशबारे जानकारी पाएँ ।'

No comments: