News

Dec 8, 2008

माधवकुमार नेपालले उच्चस्तरीय समितिमा बस्न अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालले सरकार सञ्चालनका लागि गठन गरिएको उच्चस्तरीय समितिमा बस्न अस्वीकार गर्नुभएको छ । उपचारार्थ सहिद गंगालाल हृदय रोगकेन्द्रमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न सोमबार त्यहाँ जानुभएका नेता नेपालले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै आफू समितिमा नबस्ने बताउनुभएको हो । प्रधानमन्त्री र उपप्रधानमन्त्री नबसेको समितिमा बस्दिन भन्दै उहाँले पत्रकारसित भन्नुभयो- मलाइ फुर्सद पनि छैन । केही समयअघि गठित उक्त समितिको संयोजकमा नेकपा एमालेका पूर्वमहासचिव नेपाललाई राख्ने भनिए पनि उक्त समिति गठनका समयमा नेता नेपाल विदेश भ्रमणमा रहनुभएकोले अहिलेसम्म समितिको संयोजक तोकिएको छैन ।

No comments: