News

Dec 9, 2008

सोनी कम्पनीले आठ हजार कर्मचारी कटौती गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड सोनीले आठ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले पाँच प्रतिशत डिभिजनका साथै १० प्रतिशत उत्पादन कर्मर्चारी कटौती घोषणा गरेको हो । कम्पनीले सन् २०१० को अपि्रलसम्म कर्मचारी कटौती गर्ने घोषणा गरे पनि कुन देशका कर्मचारी कटौती गर्ने भन्ने उल्लेख गरेको छैन । मन्दीले सोनीको विद्युतीय उत्पादन प्रयोगमा निकै कमी आएकाले कर्मचारी कटौती घाषणा गर्नुबाहेक अर्को विकल्प नरहेको बताइएको छ । मन्दीले थप प्रभाव पार्ने भएपछि सोनीले आफ्ना उत्पादन घटाउने तयारी गरेको छ । कम्पनीको एक सय विलियन जापानी येन बचत गर्ने आर्थिक वर्षको लक्ष्य रहेको छ । कम्पनीले त्यसका लागि विद्युतीय कार्यमा ३० र ५७ उत्पादन सुविधामा १० प्रतिशत घटाउने भएको छ । यसमा भएको लगानीलाई बचत गर्ने लक्ष्य लिएको मंगलबार जापानमा सञ्चारकर्मीलाई सोनी कम्पनीका अधिकारीले बताएका हुन् । मन्दी असर हेरेर भविष्यमा के गर्ने भन्ने लक्ष्य निर्धारण गरिने पनि उनीहरूले बताएको एजेन्सीले उल्लेख गरेको छ ।

No comments: