News

Dec 8, 2008

भारत जाँदा आफ्नो परिचयपत्र अनिवार्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतमा हालै भएका घटनाहरूपछि भारतीय प्रशासनले आन्तरिक सुरक्षामा कडाइ गरेकाले सर्वसाधारण नेपालीले कार्यवश भारत जाँदा आफ्नो फोटो भएको परिचयपत्र अनिवार्यरुपमा लिएर जान नेपाल सरकारले सम्पूर्ण नेपालीलाई अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी यस्तो अनुरोध गरेको हो । भारत यात्रा गर्ने कुनै पनि व्यक्तिले आफ्नो फोटो भएको परिचयपत्र जस्तै राहदानी, नागरिकता प्रमाणपत्र वा सवारी चालक प्रमाणपत्र अनिवार्यरुपमा साथमा लिएर यात्रा गर्न अनुरोध गरिएको छ । उक्त घटनापछि भारतीय प्रशासनले आन्तरिक सुरक्षाका कारण कुनै पनि व्यक्ति होटलमा बस्दा, यात्रा गर्दा, उपचारमा जाँदा वा अस्पतालमा भर्ना हुन फोटोसहितको परिचयपत्र अनिवार्यरुपमा माग्ने गरेको जानकारी पनि विज्ञप्तिमा गराइएको छ ।

No comments: