News

Dec 4, 2008

दुई यौन-व्यवसायी महिलाले रातको बेलिविस्तार सुनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई यौन-व्यवसायी महिलाले क्रिस्टियानो रोनाल्डो र उनका म्यानचेस्टर युनाइटेडका साथीहरूसँग बिताएको रातको बेलिविस्तार सुनाएका छन् । केहीअघि म्यानचेस्टर युनाइटेडका केही खेलाडीले पाँच यौन-व्यवसायीसँग रात बिताएका थिए । ती पाँचमध्ये दुई यौन-व्यवसायीले सो घटनाबारे गरेको बेलिविस्तार रोचक छ । रोनाल्डोसँग बिताएको रातको बेलिविस्तार लगाउने यौन-व्यवसायी हुन टेइसे र गिमा । उनीहरूले कसरी हप्ताको एक लाख २० हजार पाउन्ड कमाउने रोनाल्डो तथा उनका साथी नानी र एन्डरसनसँग रात बिताए भन्नेबारे विस्तृत रूपमा बताएका हुन् । सस्ता यौन-व्यवसायीको चालमा फसेपछि करोडौं डलर कमाउने म्यानचेस्टर युनाइटेडका खेलाडीबाट मनग्य धनसमेत पाए । ती यौन-व्यवसायीको मूल्य प्रतिघन्टा एक सय ५० पाउन्ड रहेको छ । उनीहरू रोनाल्डोको पोखरी र जाकुजीमा सँगै बसेका थिए । स्टार खेलाडीसँग बस्ता रातभरि नै मस्ती भएको ती यौन-व्यवसायीले बताएका छन् । केही समय सर्वाधिक महँगो सोफामा सुस्ताउन पाएको क्षण सर्वाधिक आनन्दको रहेको एक यौन-व्यवसायीले बताइन् । 'एल आकारको त्यो सोफा ठूलो थियो, म विश्वास नै गर्न सकिरहेकी थिइनँ,' १८ वषर्ीया टाइसेले भनिन्, 'मैले आफूलाई भाग्यमानी ठानिरहेकी थिएँ ।' तर, भाग्यमानी ती किशोरीले अन्त्यमा दुई हजार नौ सय पाउन्डभन्दा बढी पाइनन् । र क्रेडिट कार्डबाट रकम तिरेका कारण पाँचै केटीले थप ४० पाउन्डसमेत पाए । त्यो रात फुटबल खेलाडीले नाइट क्लबमा खर्चेको रकम त छुट्टै थियो । 'उनीहरूले हामीलाई सस्तो व्यवहार गरे,' उनले दुखेसो पोखिन्, 'म करिब दुई सय ग्राहकसँग सम्पर्क राखेँ होला, तर अहिलेसम्म मैले त्यस्तो हेपाइ भोग्नुपरेको थिएन, उनीहरूले हाम्रो भावनाको वास्तै गरेनन्, हामीसँग कुरा पनि गरेनन्, खालि शरीरसँग खेलेमात्र ।' जतिवेला उनको एजेन्सीले रोनाल्डोसँग भेट्नका लागि भनेको थियो, त्यतिवेला उनको मन चंगाझैं उडेको थियो । उनी म्यानचेस्टरभन्दा ६० माइल टाढा लिड्समा थिइन् । रोनाल्डो र उनका साथी म्यानचेस्टर युनाइटेडले सिजनमा हासिल गरेको पहिलो जितको खुसियाली मनाउन चाहन्थे । त्यसैले व्यवसायी महिला मिलाइदिने म्याकेन्जी एजेन्सीसँग सम्पर्क राखेका थिए । 'म भर्खरैमात्र एक ग्राहकसँग भेटेर फर्केको थिएँ र साथीहरूसँग घुम्न जाने तरखरमा थिएँ,' जमैकाकी सुन्दरीले भनिन्, 'जब फुटबलरहरू ग्राहक रहेको थाहा पाएँ, साथीहरूसँग घुम्न जाने कार्यक्रम रद्द गरेँ ।' 'मैले नीलो र सुनौलो रङको पहिरन लगाएँ, कामुक भित्री पहिरन लगाएँ,' २० वषर्ीया गिम्मा भन्छिन् । उनले फुटबलरजस्तै देखिने गरी निकर्स पनि लगाएकी थिइन् । उनले भनिन्, 'ती निकर्स डेबानह्याम्सबाट ल्याइएका थिए, म राम्री देखिन चाहन्थेँ, उनीहरूलाई खुसी तुल्याए हामीलाई राम्रो हुने बसले बताएका थिए ।' त्यसपछि साथीहरू हाना, जुलिया र ब्रान्डी लीसँगै उनीहरू रोनाल्डोको घरतिर लागेका थिए । उनीहरू सीधै बैठक कोठामा छिरे । जहाँ १९ वषीय एन्डरसनले पाँचै केटीको गालामा चुम्बन गरेका थिए । एन्डरसनसँगै उनीहरू बसिरहँदा नानी हल्ला गर्दै त्यहाँ पुगेका थिए । त्यसपछि उनीहरूले त्यहाँ भोड्का र रेड बुल्स पिए । 'मैले त्यहाँ चिनेको मान्छे रोनाल्डो मात्र थिए,' गेमाले भनिन्, 'त्यसैले उनलाई पोखरी छ भनेर सोधेँ ।' सो पोखरीमा टाइसे र गिम्मा नांगै रोनाल्डो र नानीसँग बसेका थिए । 'नानीले मलाई मन पराएको थाहा पाएँ, अनि उसलाई जिस्काउन थाले, हामीबीच चुम्बन भयो, तर ऊ यौनको भोकोमात्र रहेछ,' टाइसेले भनिन्, 'उता रोनाल्डो र गिम्मा चुम्बनमा मस्त थिए ।' त्यहाँबाट रोनाल्डो र गिम्मा बाथरुम छिरे । उनीहरूबीच पुलमा, बाथरुममा र बेन्चमा पनि सम्पर्क भएको थियो ।

No comments: