News

Dec 11, 2008

उपचारपछि कोइराला हृदयकेन्द्रबाट निवासमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबाट चार दिनको उपचार सकेर बुधबार साँझ आफ्नो निवास फर्कनुभएको छ । सभापति कोइराला स्वस्थ्य हुनु भएकाले उहाँलाई डिस्चार्ज गरिएको उपचारमा संलग्न केन्द्रका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले बताउनुभयो ।डा. कोइरालाका अनुसार उहाँ स्वस्थ्य हुनु भएपनि अझ केही दिन आरामको आवश्यकता छ । सभापति कोइरालाको स्वास्थ्य स्थितिलाई हेरी उहाँका समर्थक, शुभचिन्तकहरूले अझ केही दिन आराम गर्न दिएमा झनै राम्रो हुने सुझाव निर्देशक डा. कोइरालाको छ । केन्द्रमा आइतबार उपचारका लागि भर्ना हुनुभएका सभापति कोइरालाको दाहिने फोक्सोको तल्लो भागमा निमोनिया भएको थियो । धनगढीबाट काठमाडौं फर्कनेक्रममा ज्वरो आउनुका साथै अक्सिजनको मात्रामा समेत कमी भएको लक्षण देखिएकाले उहाँलाई केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो ।उहाँको उपचारमा निर्देशक डा. कोइरालाका साथै डा. मनबहादुर केसी, डा. अर्जुन कार्की र डा. जगदीश अग्रवाल संलग्नु हुनुहुन्थ्यो ।

No comments: