News

Dec 10, 2008

अर्थमन्त्री डा. भट्टराईद्वारा भ्रमण भत्ता फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक मितव्ययितामा जोड दिइरहेको वर्तमान सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रीको हैसियतमा विदेश भ्रमण गर्दा पाउनुभएको सुविधाको रकम अर्थ मन्त्रालयको खातामा जम्मा गरिदिनुभएको छ । अर्थमन्त्री डा. भट्टराईले मन्त्रीको हैसियतमा आफूले पाएको भत्ता सरकारी ढुकुटीमा जम्मा गरिदिएर उदाहरणीय र प्रेरक काम गर्नुभएको हो ।अर्थमन्त्री भट्टराई कतारको दोहामा भएको इन्भेस्टमेन्ट फाइनान्सिङ फर डेभलपमेन्ट विषयक सम्मेलनमा भाग लिन यही मङ्सिर १३ गते कतार जानुभएको थियो भने गत असोज महिनामा विश्व बैङ्कको वार्षिक बैठक र अन्तर्राष्ट्रिय मुद्रा कोषको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका जानुभएको थियो ।ती दुवै भ्रमणमा अर्थमन्त्री भट्टराईले भइपरिआउने खर्चबापत पाउनुभएको छ सय अमेरिकी डलर अर्थात् करिब ४७ हजार पांच सय रुपिंया अर्थ मन्त्रालयको खातामा जम्मा गरिदिनुभएको कुरा अर्थमन्त्रीको निजी सचिवालयका सूचना अधिकृत ध्रुव अधिकारीले जानकारी दिनुभयो

No comments: