News

Dec 10, 2008

हतियार र लागूऔषधसहित लिम्बुवान कार्यकर्तालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीले सोमबार धरानबाट हतियार र लागूऔषधसहित लिम्बुवान कार्यकर्तालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएका प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित लिम्बुवान कार्यकर्ता प्रताप लिम्बूलाई पक्राउ गरेका हुन् । सुनसरीको पाँचकन्या-५ का २८ वषर्ीय लिम्बूको साथबाट कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने २ थान गोली, चुप्पी, नाइट्रोजन र स्पास्मोप्रोक्सी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख कोमल शाहले लिम्बूसँग हतियार रहेको सूचना पाएर लिम्बूलाई धरानको भानुचौक नजिकबाट पक्राउ गरिएको बताउनुभयो । उहाँले लिम्बू पक्राउ परेपछि पाँचकन्यास्थित उनको घरबाट हतियार बरामद भएको जानकारी दिनुभयो । शाहले पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना ऐनअर्न्तर्गत कारवाही चलाउने बताउनुभएको छ । चकन्यास्थित जिविसको ढाटमा बसेर लिम्बुवानका लागि कर संकलन गर्ने गरेको र आफू सङ्घीय लिम्बुवान राज्य परिषद्को पाँचकन्या संयोजक भएको लिम्बूले बताएका छन् । उनले जोगबनीबाट लामो समय अघिदेखि लागूऔषध ल्याएर सेवन गर्ने गरेको समेत बताएका छन् । लिम्बूले बरामद हतियार भने आफूले बाटोमा भेटेर घरमा राखेको दावी गरेका छन् । उता सङ्घीय लिम्बुवान राज्य परिषद्ले भने हालसम्म कुनै प्रतिक्रिया र्सार्वजनिक गरेको छैन । यसैगरी अपाङ्गताको परिचयपत्र देखाई धरानमा लागूऔषधको कारोबार गर्दै आएका म्याग्दी जिल्लास्थित अर्थुङ्गेका कृष्णबहादुर सापकोटालाई सोमबार वडा प्रहरी कार्यालय, धरानले पक्राउ गरेको छ । सापकोटालाई धरान-३ स्थित चिनियाँ चौकबाट काठको खुट्टाको खवटाभित्र लुकाइएको लागूऔषधसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय, धरानले जनाएको छ ।
देबे्र खुट्टाको घुँडाभन्दा मुनिको भाग नभएका २५ वषीय सापकोटाले सो लागूऔषध भारतको जोगबनीबाट ल्याएको बताएका छन् । उनको साथबाट २ फाइल नाइट्रोजन र टीटी जेसिक बरामद गरेको प्रहरीले जनाएको छ । उनी लामो समयदेखि धरानमा लागूऔषधको कारोबार गर्दै आएको पनि प्रहरीले जनाएको छ । जोगबनीबाट ४० रुपैयाँमा ल्याएको नाइट्रोजन फाइल धरानमा एक सय रुपैयाँभन्दा बढीमा बिक्री हुने सापकोटाले बताए । आफू कलाकार भएको बताउने सापकोटाले म्याग्दीबाटै अपाङ्गताको परिचयपत्र लिएका छन् । आफू एल्बम निकाल्ने तयारीमा रहेको र खर्च जुटाउन धरान आएको उनले बताए । धरानमा एल्बम निकाल्न चन्दा सङ्कलन गर्दै हिँडेको पनि उनले बताए । उता दमक समाचारदाताका अनुसार तीन वर्षघि दमकका एक सुकुम्बासी नेताको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ । राष्ट्रिय सुकुम्बासी तथा जनसुधार संस्थाका केन्द्रीय अध्यक्ष दमक-१० निवासी नारायणप्रसाद खरेलको हत्यामा संलग्न भएको आरोपमा दमक प्रहरीले भोलाप्रसाद धिताललाई पक्राउ गरेको हो । मोरङको बयरबन-९ स्थित पार्वती टोलका यमनाथ कट्टेलको घरमा लुकिराखेको अवस्थामा इलाका प्रहरी कार्यालय, दमकबाट गएको प्रहरी टोलीले धिताललाई पक्राउ गरेको प्रहरी निरीक्षक जीवलाल चुडालीले जानकारी दिनुभयो । २४ वषीय धिताल झापा तोपगाछी-६ का हुन् । २०६२ साल भदौ १२ गते दमक-१० स्थित आफ्नै घरबाट अपहरण गरिएका खरेलको टाउको छिनालेर पाशविक तरिकाले हत्या गरी रतुवा खोलामा फालिएको थियो । खरेलको हत्यामा गरिबी मुक्ति मोर्चा नामक भूमिगत संगठनको नाममा केही सुकुम्बासी नेताहरु पनि संलग्न रहेका थिए । त्यतिबेला हत्याका सम्बन्धमा सुकुम्बासी र स्थानीय राजनीतिक दलको व्यापक दबावपछि प्रहरीले दीपक पौडेल, गोपाल गहतराज, पवन खड्का, टङ्क घिमिरे, छत्र अधिकारी र चन्द्र गदाललाई पक्राउ गरी कानुनी कारवाही गरेको थियो । कानुनी कारवाहीमा परेका अभियुक्तहरुको बयानअनुसार हत्यामा धिताल पनि संलग्न भएको पाइएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो । उनीसहित अर्का एक व्यक्ति पनि प्रहरीको खोजीमा रहेका छन् । पक्राउ परेका धिताललाई खरेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मुद्दा चलाउने प्रहरी निरीक्षक जीवराज चुडालीले बताउनुभयो ।

No comments: