News

Dec 11, 2008

एउटा आलुको तौल ११ किलो तीन सय ग्राम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एउटा आलुको तौल ११ किलो तीन सय ग्राम छ भन्दा पत्याउन मुस्किलै पर्छ । तर, बेरुतभन्दा ८५ किलोमिटर दक्षिणमा पर्ने टायर भन्ने ठाउँमा आपनो आलुबारीमा एकजना किसानले यति ठूलो आलु फेला पारे । ५६ वर्षे आलु किसान खलिल सेम्हातले भने, 'केटाकेटी हुँदादेखि नै मैले यस बारीमा काम गरेँ, तर यस्तो अचम्म कहिल्यै देखिनँ ।' उनले यो आलु जमिनबाट झिक्न साथीको मद्दत लिनुपरेको थियो । उनले भनेअनुसार यत्रो ठूलो आलु फलाउन उनले कुनै मल वा रासायनिक पदार्थको प्रयोग गरेका थिएनन् । संसारको सबैभन्दा ठूलो आलुका रूपमा यसले मान्यता पाउने आश छन् सेम्हातले । यसअघि बेलायतको सानो टापु आएसल अफ म्यानका के स्लोनले फलाएको साढे तीन केजीको आलुलाई विश्वको सबैभन्दा ठूलो आलुका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता गरिएको थियो । संयुक्तराष्ट्र संघले खाद्यसुरक्षा तथा गरिबी निवारणमा जोड दिने उद्देश्यले सन् २००८ लाई विश्व आलु वर्षको रूपमा मनाउने घोषणा गरेको हो ।

No comments: