News

Dec 11, 2008

रोबोट-युवतीलाई जोडी बनाउने हो की ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
के तपाईंले कैयौं प्रयासपछि पनि प्रेमिका पाउन सक्नुभएको छैन ? छैन भने निराश नहुनुस् । तपाइं आविस्कार ली त्रुङको पुस्तक पढेर रोबोट प्रेमिका आफै बनाउन सक्नुहुन्छ । ३३ वर्षीया लीले तयार गरेको 'आइको' नामक रोबोट लगभग २४/२५ वर्षकी देखिन्छिन् । उनी महिलाजस्ती मात्र होइन, कामुक पनि देखिन्छिन् र घरेलु काम पनि गर्छिन् । चम्किलो केशराशि तथा ३२-२३-३२ को आकार भएकी 'आइको' नामको अर्थ हो- प्रेमबालक । उनी गणितमा निपुण छिन् । उनलाई जापानी र अंग्रेजी भाषाका १३ हजार शब्द कण्ठस्थ आउँछ । उनी अनुहार चिन्न सक्छिन्, ठूलो स्वरमा अखबार पढी-वाची सुनाउँछिन् र निर्देशन पनि दिन्छिन् । आइको सिलिकन भन्ने पदार्थबाट एआई प्रविधिबाट बनाइएकी हुन् । यो रोबोट पूर्ण बनाउन उनले क्रेडिट कार्ड र ऋण लिए, आफ्नो कार बेचे र आफ्नो सारा जीवन खर्चे । आफूले वास्तविक जीवनमा स्वास्नी खोज्न समय नपाएको बताउने सफ्टवेयर प्रोग्रामरले भने । तर, सेक्स-पार्टनरका रूपमा भने आइकोलाई तयार नगरेको उनले बताए । आइको स्पर्श-संवेदन भएकी हुनाले कसैले उनलाई छोयो वा जिस्क्यायो भने प्रतिक्रिया दिन्छिन् । त्रुङ भन्छन्, 'म उनलाई सकेसम्म दुरुस्त मानिसझैं देखिने, त्यस्तै दुरुस्त काम गर्ने र पूर्ण साथी बनाउन चाहन्छु ।' वास्तविक महिलाझैं उनलाई छोएपछि उनी कुनै न कुनै प्रकारले प्रतिक्रिया दिन्छिन् । उनलाई अँठ्याइयो वा बेस्सरी थिचियो भने उनले बाँकी राख्दिनन् । सुँघ्नेबाहेक उनका सबै ज्ञानेन्द्रिय छन् । 'उनलाई बिदा, खाना वा आराम चाहिन्न, चौबीसै घन्टा काम गर्छिन्, पूर्ण महिला हुन् उनी,' त्रुङ भन्छन् । त्रुङ आइकोलाई विभिन्न प्रकारका पोसाक लगाइदिन्छन्, गाउँतिर घुमाउन लैजान्छन् । उनी बाल्यकालदेखि नै प्रतिभाशाली थिए र आठ वर्षकै उमेरमा पहिलो रोबोट बनाएका थिए । 'आइकोलाई भेटेपछि मानिसहरू मिश्रति प्रतिक्रिया व्यक्त गर्छन्,' त्रुङ भन्छन्, 'कि त उनलाई प्रेम गर्छन् कि त घृणा । कसै-कसैले त रिसाएर मलाई भगवान्सँग गिल्ला गरेको आरोप पनि लगाउँछन् । एकजनाले त आइकोलाई ढुंगाले हिर्कायो । मलाई सार्‍है दिक्क लाग्यो । धेरै त दंग पर्छन् ।' 'महिलाहरू उनीसँग कुरा गर्न रुचाउँछन् । तर, पुरुषले चाहिँ स्पर्श गर्न खोज्छन् । कुनियतले जिस्काए भने चड्कन खान्छन्,' आइकोका स्रष्टाले भने ।

No comments: