News

Dec 13, 2008

चीनले नेपालको सार्वभौमसत्तालाई सँधै सम्मान गर्ने - राजदूत चु गोहोङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका लागि चीनका नवनियुक्त राजदूत चु गोहोङले चीनले नेपालको सार्वभौमसत्तालाई सँधै सम्मान गर्दै आएको र यसका लागि चीनले जस्तोसुकै सहयोग गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाँले यस्तो बताउनुभएको हो ।नेपालको शान्ति, स्थायित्व र विकासका लागि चीन सहयोगी बन्दै आएको छ भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने राजदूत गोहोङले बताउनुभयो । उहाँले नेपाल र चीनबीच आर्थिक एवम् सामाजिक सम्बन्ध विस्तारका लागि आफूले बनाएको योजनामा नेपाल सरकार सहयोगी बन्ने आशा व्यक्त गर्नुभयो ।कालापानी समस्या समाधानमा चीनको भूमिका के हुनेछ भन्ने प्रश्नमा उहाँले भन्नुभयो- 'नेपालको सार्वभौमसत्ता र अखण्डताका लागि चीन आवश्यक सहयोग गर्न तयार छ, तर कुनै निश्चित मुद्दामा भने वैदेशिक नीतिलाई आधार मानेर सहयोग गर्छ ।' कालापानी समस्या सहमतिबाटै समाधान होस् भन्ने चीनको चाहना रहेको उहाँले बताउनुभयो । सेना समायोजनमा चीनले सहयोग गर्छ भन्ने प्रश्नमा उहाँले त्यस्तो सहयोगको कुनै प्रस्ताव नआएको र माओवादी छापामारलाई चीनले तालिम दिने कुनै योजना नबनाएको स्पष्ट पार्नुभयो ।

No comments: