News

Dec 10, 2008

'खेलाडीका लागि असल पत्नी आवश्यक’

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साताको एक लाख पाउन्ड र तलब खर्च हुनबाट रोक्ने हो भने चेल्सीका करोडपति सुपरस्टारले जथाभावी किनमेल बन्द गर्नुपर्ने चेतावनी लुइस फिलिप स्कोलारीले दिएका छन् । स्ट्यामफोर्ड बि्रजको वाषिर्क ज्याला एक सय ४० मिलियन पाउन्ड छ । जसमा कप्तान जोन टेरी, इङ्लिस स्टार पान्क लाम्पार्ड र जर्मन कप्तान माइकल बालाक प्रत्येकले वाषिर्क रूपमा कमाउने सात मिलियन पाउन्डसमेत समावेश छ । लाम्पार्डको नयाँ पाँचवर्षे सम्झौताको मूल्य मात्रै ३६ दशमलव ४ मिलियन रहेको छ । त्यो पारिश्रमिक २२औं शताब्दीका लागि समेत पर्याप्त भएको चेल्सीका प्रशिक्षक स्कोलारीले बताएका छन् । तर, स्कोलारीको प्रमुख चिन्ता खेलाडीको विलासी जीवनशैली हो । उनीहरूको फरारी, म्यानसिअन्स र डिजाइनर पहिरन, क्यासिनो र नाइट क्लब भ्रमण गर्ने उनीहरूको बानीमा स्कोलारीले चिन्ता व्यक्त गरेका हुन् । चिन्तासँगै उनले खेलाडीलाई आपनो पैसा नउडाउन सल्लाहसमेत दिएका छन् । ६० वर्षे ब्राजिलियनले भने, 'हो, म रिसाएको छु, उनीहरूलाई फरक बाटो देखाई परिवर्तन गर्ने प्रयास गर्दैछु, मैले उनीहरूलाई कसरी सुधार गर्ने भनेर उदाहरण पनि दिएको छु ।' खेलाडीले भविष्यका बारे चिन्ता नगरेकोमा उनलाई दुःख छ । 'केही खेलाडी आजको बारेमा मात्र सोच्दछन्- कारका लागि, रात्रि-जीवनका लागि उनीहरू खर्च गर्छन्,' स्कोलारी भन्छन्, 'दस वर्षमा उनीहरूले अत्यधिक रकम खर्चेका छन्, एकदमै धेरै, जीवनको हत्या गरेका छन् उनीहरूले ।' स्कोलारीका अनुसार आजका खेलाडीसँग परिवार, अर्को पुस्ता, सम्भवतः पाँचौं पुस्ताका लागि समेत पुग्ने धन छ । 'बुद्धिमत्तापूर्वक सम्पत्ति खरिद गरेर वा लगानी गरेर धनको सदुपयोग गरे उनीहरूले समस्या भोग्नुपर्दैन,' स्कोलारीको सुझाव छ । ब्राजिली क्लबमा खेलाडीका रूपमा भर्खरै खेल्न थाल्दा स्कोलारी साताको ७५ पाउन्ड मात्र पाउँथे । र, जीवन नै खेललाई सुम्पेका ६० वर्षे पाका स्कोलारी उच्च .जीवनशैलीको लोभ गर्ने केही मूर्ख व्यक्तिमात्र रहेको जनाउँछन् । चर्चा र भाग्यभन्दा टाढाको बाटो खेलाडीलाई देखाउने प्रयास गरिरहेको दाबी गर्ने स्कोलारी भन्छन्, 'तर, म सधैं उनीहरूसँग रहन सक्दिनँ, म खेलाडीका साथ दुई वा तीन घन्टामात्र बिताउँछु, त्यसपछि उनीहरू आपनो परिवार, साथी वा पत्नीसँग हुन्छन् ।' त्यसैले कुनै पनि खेलाडीका निम्ति असल पत्नी अत्यावश्यक रहेको उनको धारणा छ । 'फुटबल जीवनमा खेलाडीको असल पत्नी भए उनीहरूका बारे कुनै चिन्ता गर्नुपर्दैन ।' स्कोलारीकी पत्नी असल छन् र उनको आर्थिक जीवन पनि सुरक्षित छ । यद्यपि, हालका धनी खेलाडीको तुलनामा उनको फुटबल जीवनको सुरुवात दुःखदायी थियो । युवा डिफेन्डरका रूपमा फुटबल जीवन सुरु गर्दा न्यूनतम पारिश्रमिकका लागि पनि संघर्ष गर्नुपथ्र्यो । ती दिनमा उनी आपनो जीवन धान्न दुई वा तीन ठाउँमा समेत काम गर्थे । 'तर पनि ती दिनमा म पारिश्रमिकका लागि भन्दा अवसरका लागि खेल्थेँ,' उनी भन्छन्, 'पहिलोपटक पाएको पारिश्रमिकदेखि नै आधी रकम मैले पल्याट किन्नका लागि जोगाएको थिएँ ।'

No comments: