News

Dec 3, 2008

पोस्टपेड मोबाइलको महसुल घट्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोस्टपेड मोबाइलको महसुल घट्ने भएको छ। नेपाल टेलिकमले गरेको पोस्टपेड मोबाइलको महसुल कटौतीको प्रस्तावलाई नेपाल दूर सञ्चार प्राधिकरणको मंगलबारको बैठकले अनुमोदन गरेपछि महसुल घट्ने भएको हो।पोस्टपेड मोबाइलबाट कुराकानी मात्र गर्ने ग्राहकले अब मासिक न्यूनतम ४ सय ९७ रुपियाँ २० पैसा तिरे पुग्छ। यसअघि पोस्टपेड मोबाइलका ग्राहकले मासिक न्यूनतम ६ सय २१ रुपियाँ ५० पैसा तिर्नुपथ्र्यो। हामीले टेलिकमले पठाएको महसुल कटौतीको प्रस्तावलाई हुबहु स्वीकृत गरेका छौं’ -प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भन्नुभयो।

No comments: