News

Dec 6, 2008

अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरूपयोग अनुसन्धान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अनियमितता र अव्यवस्थाका विषयमा अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष टोली परिचालन गरेको छ। उपन्यायाधिवक्ता र्सूयनाथ अधिकारीको नेतृत्वमा प्रहरी र अनुसन्धान अधिकारी सम्मिलित तीन सदस्यीय टोलीलाई विमानस्थलभित्र हुने सम्पूर्ण अनियमितता र अव्यवस्थाका विषयमा अनुसन्धान गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। टोलीले शुक्रबार कार्यस्थलमै गएर सम्पूर्ण विषयमा अनुसन्धान गरेको अख्तियारले जनाएको छ।टोलीले दिने प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाइने अख्तियारका कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बुले बताउनुभएको छ।

No comments: