News

Dec 12, 2008

'नेपालको अन्तरिम संविधान छैटौं संशोधन विधेयक, २०६५ लाई पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका-संसदको बैठकले 'नेपालको अन्तरिम संविधान छैटौं संशोधन विधेयक, २०६५ लाई पारित गरेको छ । कानुन, न्याय तथा संविधानसभा मन्त्री देवप्रसाद गुरुङले नेपालको अन्तरिम संविधानअन्तर्गत भाग-६ र ७ का केही धारा संशोधनका लागि प्रस्ताव गर्नुभएको विधेयक मत विभाजन प्रक्रियाका आधारमा संसदमा उपस्थित दुइ तिहाइभन्दा बढी मतले पारित गरेको हो ।संसदको बिहीबारको बैठकमा उपस्थित ४२४ जनै सभासद्को मत पक्षमा परेकाले वर्तमान संसदको कुल ५९४ जनाको दुइ तिहाइ -३९६ भन्दा बढी हुँदा संशोधन विधेयक पारित भएको हो । अन्तरिम संविधान, २०६३ मा व्यवस्था गरिएका व्यवस्थापिका-संसदको अधिकार, संविधानसभाको गठनलगायतका प्रावधानलाई पारित विधेयकमा संशोधन गरिएको छ ।संशोधनपछि हाल रिक्त रहेका संसदीय क्षेत्रमा उपनिर्वाचन गराउन र व्यवस्थापिका-संसदको अधिकार प्रत्याभूत गर्न सहयोग पुग्ने बताइएको छ । व्यवस्थापिका-संसदको अर्को बैठक मङ्सिर २९ गते बस्ने जनाइएको छ ।

No comments: