News

Dec 12, 2008

सशक्त बृहत् लोकतान्त्रिक मोर्चा आवश्यकता - सूर्यबहादुर थापा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले मुलुकको लोकतान्त्रिक प्रक्रियामा गम्भीर सङ्कट उत्पन्न हुने खतरा रहेकाले सशक्त बृहत् लोकतान्त्रिक मोर्चा आवश्यकता भएको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बिहीबार उहाँले यस्तो बताउनुभएको हो ।नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले गर्नुभएको बृहत् प्रजातान्त्रिक एकता गठन गर्नेसम्बन्धी आहृवान सकारात्मक रहेकाले त्यस मोर्चामा जनशक्ति पार्टी सहभागी हुन तयार छ ।" उहाँले नेपाली काङ्ग्रेसले मोर्चाको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता आफ्नो पार्टीको रहेको चर्चा गर्दै जनशक्ति पार्टी प्रेस स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रप्रति सदैब प्रतिबद्ध छ भन्नुभयो ।अध्यक्ष थापाले नेकपा माओवादीभित्र अधिनायकवादी कार्यशैली मौलाएकाले त्यसका विरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू, नागरिक समाज र सञ्चारकर्मीलाई एक भएर अघि बढ्न आहृवान गर्नुभयो । उहाँले भन्नुभयो-"लोकतन्त्रमाथि एकपछि अर्को रूपमा प्रहार भइरहँदा पनि अन्तर्राष्ट्रिय समुदाय मौन बस्नु ठीक होइन ।"

No comments: