News

Dec 13, 2008

लिम्बूवान कार्यकर्ताबीच विवादले धरान तनावग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सङ्घीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताबीच झण्डा र कार्यालयमा राखिएको बोर्ड झिकेको विषयलाई लिएर विवाद बढेपछि धरानको चतरालाइन क्षेत्र तनावग्रस्त बन्यो । गत बुधबार भएको घटनादेखि उक्त क्षेत्रमा तनाव बढेको हो ।सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग आबद्ध कार्यकर्ताले सङ्घीय लिम्बुवान राज्यपरिषद्को धरान-१२ मा रहेको कार्यालयको झण्डा र बोर्ड लुटेर लगेको विषयमा उत्पन्न विवादका कारण मञ्च आबद्ध कार्यकर्ताले शक्ति प्रदर्शन गर्दै परिषद्को कार्यालय तोडफोडका लागि प्रवेश गर्नेक्रममा प्रहरीसँग झडप भएको थियो ।घरेलु हातहतियारसहित धरान-१२ मा रहेको पब्लिक उच्चमाविको प्राङ्गणबाट मञ्चको कार्यालयतिर प्रवेश गर्नेक्रमम प्रहरीले रोकेपछि त्यहा प्रहरी र मञ्चका हतियारधारी समूहबीच दोहोरो झडप भएको थियो । झडपक्रममा एकजना प्रहरी र मञ्च आबद्ध दुइ कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।विवाद मिलाउनका लागि शुक्रबार बेलुकासम्म जारी वार्ता निष्कर्षबिना टुंगिएको छ । शनिबार पुन वार्ता हुने जनाइएको छ ।

No comments: