News

Dec 10, 2008

युथ फोर्सले होटलमा पार्क गरिराखेका गाडी तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ बानेश्वरस्थित होटल एभरेस्ट व्यवस्थापनले एकपक्षीय ढंगबाट कर्मचारी राख्ने, बढुवा गर्ने गरेको भन्दै एमालेनिकट युवा दस्ता युथ फोर्सले होटलमा पार्क गरिराखेका गाडी तोडफोड गरेको छ। मंगलबार दिउँसो १५-२० जनाको समूहमा गएको युथ फोर्सको टोलीले होटलभित्र प्रवेश गरी पार्क गरिराखेको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। युथ फोर्सको तोडफोडबाट २ दर्जन सवारीसाधन क्षत्रि्रस्त भएका छन् भने प्रहरीले तोडफोडमा संलग्न फोर्सका पाँच कार्यकर्तालाई गिरŠतार गरेको छ।सो तोडफोडको विरोधमा पीडित पक्ष्ँले मंगलबार रातिसम्म होटल प्रवेशद्वारमा गाडी तेर्स्याई अवरोध पुर्याएका थिए।

No comments: