News

Dec 5, 2008

अन्तर्दृस्टीको सम्पादक मन्डल बिस्तार

लिम्वूवान डट व्लगस्पोट डटकम,अमेरिका
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय कार्यालय,अमेरिका को मुख-पत्र अन्तर्दृस्टी(INSIGHT ) त्रैमासिक को सम्पादक मन्डल हालै बिस्तार गरियको छ। अन्तर्दृस्टी का प्रधान सम्पादक प्रकाश पौडेल माइला ले एक बिग्यप्ती जारी गरी सम्पादक मन्डल बिस्तार गरियको घोषणा गर्नु भयको हो । बिग्यप्ती का अनुसार घोषित सम्पादक मन्डल का सदस्यहरुमा ध्रुब थापा(अमेरिका),प्रोलयस सिन्धुलीय(नेपाल), सुनिल सँगम्(इजरायल्),दिनेश राज ग्यवाली (जापान) ,पशुपति कर्माचार्य(न्युजिल्यन्ड) ,मोती चम्लिङ्(हङ्कङ) ,नम्रता गुरागाईं (अमेरिका ),मोहम्मद जाकिर हुसेन(नेपाल) र भिश्म सुबेदि(जापान) हुनुहुन्छ ।यस्तै गरी पत्रीका को सल्लाहकार सम्पादकहरुमा बैरगी काईंला , डा तरानाथ शर्मा, होमनथ सुबेदी, डा बेन्जु शर्मा, डा राम दाँयाल राकेश ,प्रा राम कुमार पाण्डे, सुमन तिम्सिना, डा कुमार बस्नेत, कृष्ण बजगाईं र सुरेन्द्र अस्तफल रहनु भयको कुरा बिग्यप्ती मा उल्लेख गरियको छ । नयाँ बर्ष २०६६को अबसर मा नयाँ अन्क प्रकाशन को तयारी भइ रहेको कुरा प्रधान सम्पादक माइला ले बताउनु भयो । बिगत केही बर्ष देखि प्रकाशन मा आयको अन्तर्दृस्टी(INSIGHT ) त्रैमासिक को अतिथी प्रधान सम्पादक मा वरिस्ठ साहित्यकार डा दुबसु छेत्री हुनुहुन्छ ।

No comments: