News

Dec 9, 2008

रोजगार नपाएकाले ट्याक्सीको पछाडि बायोडाटा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/ एमबिए (मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) पास गरेका एक अमेरिकीले महिनौं रोजगारका लागि भौंतारिँदा पनि रोजगार नपाएकाले आफूले चलाउने ट्याक्सीको पछाडि बायोडाटा टाँसेका छन् । अन्य केही काम नपाएकै कारण उनी ट्याक्सी चलाउन थालेका हुन् । जेम्स विलियमस्नले फिलाडेल्पियाको ला सले युनिभर्सिटीबाट एमबिए गरेका हुन् । एमबिए गरेपछि उनले चार महिना जागिरका लागि अन्तर्वार्ता दिँदै बिताए । कामको खोजीमा उनले केही प्राविधिक कामलगायत विज्ञापन लेख्ने काम पनि गरे । तर, त्यसले खर्च नधानेपछि एक महिनाअघि ड्राइभिङ लाइसेन्स लिएर गाडी चलाउन थालेका हुन् । रोजगार पाउने अन्तिम उपायस्वरूप ट्याक्सीपछाडि बायोडाटा टाँसेको उनले बताए । ट्याक्सीका ग्राहकमध्ये कोही आफ्ना लागि रोजगारदाता होलान् भन्ने आशा छ उनको । कैयौं ग्राहकले बिजनेस कार्ड र सकारात्मक टिप्पणी दिए पनि अहिलेसम्म रोजगार नदिएको उनी बताउँछन् ।

No comments: