News

Dec 10, 2008

मलेसियाका विभिन्न जेलमा हजारभन्दा बढी बन्दी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मलेसियाका विभिन्न जेलमा बन्दी जीवन बिताउने नेपाली कामदारहरूको संख्या १ हजारभन्दा बढी पुगेको छ। मलेसियास्थित नेपाली दूतावासका अनुसार यसरी बन्दी जीवन बिताउने नेपाली कामदारहरूमा नक्कली राहदानी प्रयोग गरी मलेसिया प्रवेश गर्ने, बिनाराहदानी बसोबास गर्दै आएका र आपराधिक गतिविधिमा संलग्न रहेकाको संख्या बढी छ। मलेसियन सरकारले आफना विभिन्न १३ वटा जेलमा नेपाली बन्दीहरूलाई राखेको मलेसियाका लागि नेपाली राजदूत डा. ऋषि अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र हाल ८५ जना नेपाली कामदार बन्दीको रूपमा रहेका छन्। ँजेल पर्ने धेरै कामदारहरू नक्कली राहदानी प्रयोग गरेको आरोपित छन्’, राजदूत अधिकारीले भन्नुभयो- ँयहाँको प्रहरीले समाती सोधपुछ गर्दा राहदानीमा रहेको तस्वीर मात्र कामदारको हुन्छ, बाँकी सबै जानकारी अरू नै व्यक्तिको।’दूतावासका अनुसार जेल पर्ने नेपालीमा बिनाराहदानी अवैधानिक रूपमा लुकीछिपी बस्ने र आपराधिक गतिविधिमा संलग्न कामदारको संख्या नक्कली राहदानी प्रयोग गर्नेपछि आउँछ। लागू औषध प्रयोगमा भने थोरै नेपाली मात्र जेल परेका छन्। ँजुन कम्पनीमा काम गर्न भनी नेपाली यहाँ आउँछन् सो कम्पनीले उनीहरूको राहदानी लिएको हुन्छ। अरूको लहलहैमा लागेर बढी पैसा पाउने लोभमा आŠनो कम्पनी छोडी अर्को कम्पनीमा जान्छन्। बिनाराहदानी काम गर्न गएपछि अर्को कम्पनीले पहिलेकोले भन्दा पनि कम पैसा दिन्छ। त्यसपछि न त पहिलेको कम्पनीमा जान सक्छन् न त नेपाल र्फकन नै। अन्ततः प्रहरीको फन्दामा परी जेल पुग्छन्’ -राजदूत अधिकारीले बताउनुभयो। मलेसियन सरकारको तथ्यांकअनुसार अहिले २ लाख ८० हजार नेपाली कामदार यहाँ वैधानिक रूपमा रहेका छन्। अवैधानिक रूपमा बसोबास गर्ने नेपाली कामदारको संख्या पनि यसमा जोड्ने हो भने यो संख्या ४ लाखभन्दा बढी हुने दूतावासले जनाएको छ। अहिले अवैधानिक रूपमा बसोबास गर्ने नेपाली कामदारमध्ये हप्ताको १ सय जनालाई नेपाली दूतावासको अनुरोधमा स्वदेश फर्काउन मलेसियन सरकारले सहयोग गर्दै आएको छ। राजदूत अधिकारीले थप स्पष्ट पार्नुभयो- ँमलेसियन सरकारको सहयोगमा स्वदेश र्फकन दूतावासमा आई नाम लेखाउनेको संख्या हेर्ने हो भने आउँदो तीन महिनाका लागि प्याक भइसकेको छ।अब लेखाउनेको स्वदेश र्फकने पालो तीन महिनापछि मात्र आउँछ।’मलेसियामा आई नेपाली कामदारले दुःख नपाऊन् भनेर नक्कली राहदानी तथा झूटा आश्वासन दिई मलेसिया पठाउने २५ भन्दा बढी नेपाली म्यानपावर कम्पनीहरूलाई कालो सूचीमा राखी कारबाही गर्न श्रम मन्त्रालयलाई दूतावासले पत्र पठाइसकेको राजदूत अधिकारी बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ- ँतर दूतावासले पठाएको पत्रको जबाफ अहिलेसम्म पनि आएको छैन। बरु दूतावासले कालो सूचीमा राखेका कम्पनीहरूले यहाँ कामदार पठाइरहेका छन्।’मलेसियामा अहिले विभिन्न देशका २३ लाख कामदार रहेका छन्। यो संख्या मलेसियाको कुल जनसंख्याको ११ प्रतिशत हो। इन्डोनेसियापछि विदेशी कामदारको रूपमा नेपाली कामदार मलेसियामा दोस्रो ठूलो संख्यामा रहेका छन्। यसैबीच नेपाली कामदारलाई आपत्विपत् पर्दा सहयोगका लागि दूतावासले अहिले यहाँ मजदुर सहयोग कोष स्थापना गरेको छ। राजदूत अधिकारीका अनुसार कोषमा संकलित रकम उपचार तथा विभिन्न समस्या पर्दा वकिलका निम्ति खर्च गरिनेछ। अहिले कोषमा १२ हजार रिंगिट रहेको छ।

No comments: