News

Mar 16, 2009

किरात याक्थुङ चुम्लुङ कतारद्वारा संबिधान सुझाव समिती गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,कतार
मिति ०६ मार्च ०९ बिहिबार सनैयाको १७ नं. मा बसेको किरात याक्थुङ चुम्लुङ कतारको प्रथम सचिवालयको बैठकले एम.बि.साँवालिम्बुको संयोजकत्वमा १५ सदस्सिय संबिधान सुझाव समिती गठन गरेको छ । हामी सार्बभौमसत्ता र राजकियसत्ता सम्पन्न बहुजाती बहुभाषी बहुसाँस्कृतिक नेपाली जनताले बिगतका बिभिन्न प्रजातान्त्रिक आन्दोलनहरु देखि आज संबिधान सभा सम्म नेपालको लोकतन्त्र शान्ति र अग्रगमनका पक्षमा प्रकट भएका जनादेशको सम्मान गर्दै देशमा बिद्यमान जातिय बर्गिय आदिबासी जनजाती क्षेत्रिय लैगिक असमानताहरुलाई समाधान गर्न राज्यले अग्रगमन संघिय संरचना गर्दै नागरिक स्वतन्त्रता मौलिक अधिकार मानव अधिकार बालिग मताधिकार अवधिक निर्बाचन पूर्ण प्रेस स्वतन्त्रता आत्मा निर्णय सहितको जातिय स्वयत्तता लगायत लोकतान्त्रिक मुल्य र मान्यता प्रतिको पुर्ण प्रतिबदता ब्यक्त गर्दै लोकतन्त्र शान्ति सम्बृिद अग्रगामी आर्थिक सामाजिक परिवर्तन तथा देशको सार्बभौमिकता अखण्डता स्वतन्त्रता र स्वभिमानलाई केन्द्रित गर्दै आदिबासी जनजातीहरुले जनआन्दोलनमा निभाएको भुमिकाको उच्च मुल्याङ्गन गर्दै संबिधानसभामा जनताको आकांक्षलाई स्विकार गर्दै नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान जारी होस भन्ने सुझावका साथ यहि हप्ता भित्र नै किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटी काठमाण्डौ नेपाल मार्फत संबिधान निर्माण समितीलाई बुझाईने कुरा सुझाव समितीका संयोजक एम.बि. साँवालिम्बुबाट जानकारी हुन आएको छ । स्मरण रहोस गत महिना २६ फेब्रुवरी ०९ का दिन ५४ बुदे सुझाव नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारले बुदबल गुरुङ्गको संयोजकत्वमा गठन गरेको संबिधान सुझाव समितीलाई बुझाई सकिएको छ जस्मा नेपाली नेपाली परिवेश र नेपाली भुगोललाई सुहाउने र संयुक्त राष्ट्रसंघको घोषणा पत्रमा उल्लेख गरिएको आदिबासी जनजातीहरुको हक अधिकारहरु साथै आई.एल.ओ. को सन्धि नं. १६९ का प्रमुख कुराहरु पनि समावेश गरिएको छ ।
सुझाव समितीका सदस्यहरु यस प्रकार छन ।
१ संयोजक एम.बि. साँवा लिम्बु
२ उप संयोजक ललित माबो
३ सदस्य चन्द्र कुमार सिगु
४ ज्ञानेन्द्र कुरुम्भङ्ग
५ लोकेन्द्र कुमार तुम्रोक
६ राजेश याक्थुङसा
७ भुपति संयोक
८ युवराज बेघा
९ रुपनन्द तुम्बापो
१० डम्बर मिभक
११ जय कुमार थेबे

No comments: