News

Mar 17, 2009

नेपाल-भारत सीमा सीमा सिल गर्ने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाँके/ भारतको उत्तरप्रदेशमा हुन लागेको लोकसभा चुनावलाई मध्यनजर गर्दै नेपाल-भारत सीमाका सुरक्षा अधिकारीको संयुक्त बैठक सोमबार बसेको छ । बैठकमा चुनाव हुने अघिल्लो दिनदेखि २४ घन्टाका लागि सीमा सिल गर्ने सहमति भएको छ । सो समयमा नेपाल-भारत अवागमनमा रोक लगाइनेछ । भारत उत्तरप्रदेशको श्रीबस्तीमा २३ अपि्रल र बहराइचमा ३० अपि्रलमा लोकसभा चुनाव हुँदै छ । भारतको बहराइचमा भएको बैठकमा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको सहभागिता थियो ।बैठकमा दुई देशका सुरक्षा अधिकारीले चुनावका क्रममा हिंसात्मक घटना हुन नदिन पूर्वसुरक्षा सतर्कता अपनाइने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर खत्रीले जानकारी दिए । यसका लागि कडा रूपमा सुरक्षा चेकजाँच गरिने सहमति भएको छ । त्यसैगरी, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै चुनाव सम्पन्न नभएसम्म सीमामा उत्तरप्रदेश प्रहरीले थप सुरक्षा बल खटाउने सहमति भएको छ ।

No comments: