News

Mar 18, 2009

सैनिकको म्याद नथप्ने सरकारी निर्णय पुनर्विचार हुने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सैनिक अधिकारीको म्याद नथप्ने सरकारी निर्णय उपर पुनर्विचार हुन सक्ने संकेत एकजन मन्त्रीले दिएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा त्यस विषयमा कुरा उठेको बताउँदै भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारले रक्षामन्त्रीको निर्णय उपर पुर्नविचार हुन सक्ने सम्भावना रहेको बताए । बैठक जारी रहेकैबेला बाहिर निस्केका मन्त्री गच्छदारले संचारकर्मीसंग कुरा गर्दै यस्तो जानकारी दिए । प्रधानमन्त्री कार्यालयमा जारी बैठकले थारु समूदायसंग सरकारले गरेको सम्झौतालाई पारित गरेको छ । त्यस्तै मोटरसाईकल दुर्घटनामा मृत्यु भएका सुनसरीका सभासद बोधनारायण सरदारको दुर्घटना तथा कोसी पीडितको समस्या सामाधानका लागि अध्ययन गर्न उच्च स्तरीय छानवीन समिति बनाउने सरकारले निर्णय गरेको मन्त्री गच्छदारले जानकारी दिए ।

No comments: