News

Mar 16, 2009

सरकार र मुस्लिम समुदायबीच वार्ता सहमति हुन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुस्लिम संगठनहरूबीच एकमत हुन नसक्दा आइतबार सरकार र मुस्लिम समुदायबीच सहमति हुन सकेन।२८ वटा मुस्लिम संगठनहरूले आन्दोलनका निम्ति ताज महमद मियाँको संयोजकत्वमा मुस्लिम संयुक्त संर्घष समिति बनाएको भए पनि आइतबारको वार्तामा ती संगठनहरूले आफनो संगठनलाई सम्बोधन गरी पत्र नपठाएको भन्दै असहमति जनाएपछि वार्तामा असजिलो भएको थियो। मुस्लिम संगठनहरूमा पुनः छलफल गरी आज सोमबार सहमतिमा पुग्ने दुवै पक्षको भनाइ छ।मुस्लिम समुदायका मागप्रति सरकार सकारात्मक छ तर गृहकार्य बाँकी रहेकाले सोमबार वार्ता हुने गरी वार्ता स्थगित गरिएको छ’ -सरकारी वार्ताटोलीका संयोजक शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्माले भन्नुभयो। मुस्लिम पारिवारिक कानुनबारेमा गृहकार्य आवश्यक भएको दुवै पक्षले बताएका छन्।

No comments: