News

Mar 18, 2009

बहराइन एयरले नेपालमा उडान सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बहराइन एयरले नेपालमा उडान सुरु गरेको छ । सो हवाई कम्पनी खाडी मुलुक बहराइनमा निजी क्षेत्रद्वारा सञ्चालित हो । मंगलबार ९:२५ बजे राजधानीमा अवतरण गरेको वहराइन एयरको जहाज १०:४० बजे फर्किएको थियो । कम्पनीले नेपालमा जेनिथ ट्राभल्स एन्ड टुर्सलाई जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । 'अरु कम्पनीभन्दा सस्तो भएकाले बहराइन एयरको बुकिङ सुरुदेखि उच्च छ,' जेनिथका प्रबन्ध निर्देशक जोय देवानले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, 'मूल्य सस्तो भए पनि हाम्रो सेवा खाडी क्षेत्रका अरु कम्पनीको तुलनामा कम छैन ।' कम्पनीले बहराइन-काठमाडौं-बहराइन सातामा तीन (आइतबार, मंगलबार र बिहीबार) उडान भर्नेछ । बहराइन एयरको उडान सुरु भएपछि बहराइनमा रहेका ५० हजार नेपालीलाई प्रत्यक्ष फाइदा पुग्ने देवानको दाबी छ । नेपाल र बहराइनबीच पुसमा भएको हवाई सम्झौताअनुसार सो कम्पनीले नेपालमा उडान थालेको हो । यात्रुवाहक र कार्गो गरी २८ उडान गर्न पाउने सम्झौतामा उल्लेख छ ।

No comments: