News

Mar 14, 2009

थारु समूदायले तत्कालका लागि वार्तामा नबस्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्दोलनमा प्रहरी दमन भएको भन्दै अन्दोलनरत् थारु समूदायले तत्कालका लागि वार्तामा नबस्ने बताएको छ । दाङमा शुक्रबार राति प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएपछि वार्ता स्थगित गरी अन्दोलनलाई सशक्त बनाउने उनीहरुले निर्णय गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी थरुहट संघर्ष समितिले आफ्नो माग बारे प्रधानमन्त्रीको स्पष्ट धारणा सार्वजनिक नभए भोलिबाट देशभर आन्दोलन चर्काउने चेतावनी दिएको छ । समितिका संयोजक लक्ष्मण थारुले अन्तरिम संबिधानबाट मधेश शब्द हटाउनुपर्ने आफूहरुको अडान कायमै रहेको बताए । माग पूरा गर्ने प्रतिबद्धता आएपनि अब प्रधानमन्त्रीसंग मात्र वार्तामा बस्ने उनले भने । थारुको पहिचान कायम गर्ने नाममा अन्यको पहिचान मेट्न नसकिने भन्दै अन्तरिम संबिधानबाट मधेश शब्द सरकारले हटाउन नमानेपछि थारुसंगको वार्ता निष्कर्षमा पुग्न सकेको छैन् ।

No comments: