News

Mar 19, 2009

समलिंगी भएकै कारण केही युवाले करेन्ट लगाएर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
समलिंगी भएकै कारण सुनसरीको सोनापुर बस्ने एक महिलालाई आफन्तसहित केही युवाले करेन्ट लगाएर चरम यातना दिएका छन् । झापाको काँकडभिट्टा घर भई सोनापुर गाविस-२ स्थित दिदीभिनाजुको घरमा बस्दै आएकी रिता प्रधानलाई करेन्ट लगाएर यातना दिइएको हो । घरिघरि आफ्नो घरमा आएको भन्दै दिदीभिनाजु तथा स्थानीय युवाले उनलाई कुटपिट गर्नुका साथै करेन्ट लगाएका हुन् । चरम यातना पाएकी प्रधानको विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक भद्रमान मोतेले बताए । प्रहरीका अनुसार उनलाई भिनाजु विकास राई तथा युवाहरू सुमन राई, राजेश चौधरीलगायतले मंगलबार राति यातना दिएका हुन् । कुटपिट गरेको जानकारी आए पनि करेन्ट लगाएको विषयमा अनुसन्धान भइरहेको पनि मोतेले जानकारी दिए ।

No comments: