News

Mar 14, 2009

हिउँदे अधिवेशन चैत १६ गते ३ बजे प्रारम्भ हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका-संसद्को पाँचौं हिउँदे अधिवेशन चैत १६ गते अपरान ३ बजे प्रारम्भ हुने भएको छ। राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ को सिफारिसमा शुक्रबार पाँचौं अधिवेशनको आ³वान गर्नुभएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्ड र व्यवस्थापिका-संसद्का सभामुख सुवास नेम्वाङबीच अधिवेशन बोलाउनेबारे छलफल भएको थियो। सभामुख नेम्वाङले चैत १६ गते प्रारम्भ हुने गरी फागुनमसान्तभित्रै अधिवेशन आवान गर्न सुझाव दिनुभएको थियो।हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा लिइने गरिन्छ। तर संविधान निर्माणको समयलाई असर नपार्ने गरी सकेसम्म चैतमसान्तसम्म हिउँदे अधिवेशन समापन गर्ने कार्यक्रम छ। हाल संसद्मा घरेलु हिंसा, स्वास्थ्य र गणतन्त्र कार्यान्वयनसम्बन्धी विधेयक विचाराधीन छन्। यसै अधिवेशनमा सरकारद्वारा जारी गरिएका अध्यादेश पनि पेस गर्नुपर्ने हुन्छ।

No comments: