News

Mar 16, 2009

सेना समायोजन विशेष समिति बनाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन विशेष समितिले माओवादी लडाकुको समायोजन र पुर्नस्थापनाका लागि प्राविधिक समिति बनाउने निर्णय गरेको छ ।सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको समितिको बैठकले राजनीतिक समितिको रुपमा बिशेष समितिको गठन गरिएकाले समायोजनका लागि प्रभावकारी काम हुन नसकेको भन्दै प्राविधिक समिति बनाउने निर्णय गरेको हो ।बैठकले विशेष समितिलाई सघाउने आठ सदस्यीय प्राविधिक समितिको कार्यविधि समेत पारित गरेको सरकारका मुख्य् सचिव भोजराज घिमिरेले जानकारी दिए ।बिशेष समितिका संयोजकले प्राविधिक समितिको संयोजन चयन गर्ने व्यवस्था कार्यविधिमा समेटिएको छ ।आठ सदस्यीय समितिलाई दुई दिनभित्र पूर्णता दिईने जानकारी दिइएको छ ।

No comments: