News

Mar 18, 2009

तत्काल सेनासमायोजनको प्रक्रिया थाल्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी सेनाका कमान्डरहरूले विभिन्न बहानामा जनसेनालाई क्यान्टोनमेन्टमा राखिरहेमा धैयको बाँध फुट्न सक्ने निष्कर्षनिकाल्दै तत्काल सेनासमायोजनको प्रक्रिया थाल्न माग गरेका छन्।माओवादी सेनाका सातै डिभिजनका उपकमान्डर र कमान्डरहरूको मंगलबार राजधानीमा सम्पन्न प्रशिक्ष्ँण कार्यक्रममा कमान्डरहरूले सेनासमायोजन विशेष समितिले यसको प्रक्रिया तत्काल थाल्नुपर्ने बताए।बैठकमा माओवादी सेनाको आत्मसम्मानमा चोट पर्न नदिन समितिले नेपाली सेनामा समायोजन गर्नुपर्ने धारणा राखिएको थियो। बैठकले जनसेनालाई विशेष समितिको मातहत रहेको भन्ने बुझाइलाई स्थापित गर्न एक हदसम्म सफलता मिलेको महसुससमेत गरेको बताइएको छ।यसअघि भएको भेलामा तत्काल सेनासमायोजन थाल्न समितिका संयोजक एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ समक्ष कमान्डरहरूले दबाब दिएका थिए।कमान्डरहरूले क्यान्टोन्मेन्टमा रहेका जनसेना कमजोर व्यवस्थापन र अनिश्चित भविष्यका कारण निराश भइरहेकाले सेनासमायोजन थाल्न दबाब दिए पनि कहिलेसम्ममा समायोजन गर्नुपर्ने भनी समय भने तोकेका छैनन्। समितिले सोमबार मात्र प्राविधिक टोली गठन गरेको थियो।त्यसै गरी बैठकमा राष्ट्रसंघीय मिसन (अन्मिन) ले १८ वर्षनपुगेकालाई अयोग्य ठहर गरी निकाल्न दबाब दिएका सेनाको विषयमा छलफल भएको बुझिएको छ। विशेष समितिले अयोग्यलाई घर पठाउने निर्णयगरिसकेको छ। रोजगारीको ग्यारेन्टी नगरी बाहिर निकाल्दा प्रत्युत्पादक हुन सक्ने बैठकमा ठहर गरिएको कमान्डर प्रतीकले बताए।अन्मिनको प्रमाणीकरणमा १९ हजार ६ सय २ जना मात्र प्रमाणीकरण भएका थिए। दुइदिने प्रशिक्ष्ँणमा उठेका सवालहरूले जनसेनाको विश्लेषण गरी भावी योजना र सञ्चालन नीति बनाउने माओवादी सेनाले जनाएको छ। पार्टी वरिष्ठ नेताले राजनीतिक सिद्धान्त र दर्शनका विषयमा प्रशिक्षण दिएका थिए।यसैबीच मंगलबार बसेको माओवादी सचिवालय बैठकले वरिष्ठ नेता मोहन वैद्यको संयोजकत्वमा लडाकू रेखदेख समिति कार्यदल गठन गर्ने निर्णय गरेको छ। त्यसै गरी चैत २४ गते देशभरका आठ ठाउँमा बृहत् सभा गर्ने निर्णयगरेको थियो।

No comments: