News

Mar 17, 2009

सरकार र मुस्लिम समितिबीच छ बुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिबीच छ बुँदे सहमति भएको छ । सिंहदरवारस्थित शान्ति मन्त्रालयमा सोमबार भएको वार्तामा मुस्लिम समुदायको स्वतन्त्र पहिचानलाई बाधा पुर्‍याउने सबै संबैधानिक तथा कानुनि व्यवस्थालाई प्रकृया पुर्‍याएर संशोधन गर्ने, अन्तरिम संविधानमा मुस्लिम समुदायको राजनीतिक, सांस्कृतिक, सामाजिक, शैक्षिक लगायतका अधिकांश माग पूरा गर्न पहल गर्ने सहमति भएको छ ।त्यसैगरी मुस्लिम समुदायको उत्थान र विकासका लागि स्थानीय हज कमिटी र मदरसा वोर्ड गठन गर्ने तथा आवश्यक प्रकृया पुर्‍याएर छिट्टै राष्ट्रिय मुस्लिम आयोग गठन गर्ने पनि सहमति भएको शान्तिमन्त्री जनार्दन शर्माले जानकारी दिए ।मुस्लिम समुदायको महत्वपूर्ण अन्य चाडमा पनि सार्वजनिक विदा दिने बिषयमा सरकारले पहल गर्ने वार्तामा सहमति भएको छ ।सरकारसँगको सहमति पछि मुस्लिम संघर्ष समितिले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सोमबारको वार्तामा सरकारका तर्फबाट शान्तिमन्त्रि जनार्दन शर्मा र संघर्ष समितिकातर्फबाट ताज मोहम्मद मियाँ र अख्तर हुसैन फारुक लगायतको सहभागिता थियो ।थारु समुदायसँग दुई दिनअघि भएको वार्ताको क्रममा सरकारले मुस्लिम समुदायको माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि दुई पक्षबीच सोमबार सहमति भएको हो ।

No comments: