News

Apr 14, 2009

संसद्को बैठक सूचना टाँस गरेर स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद्को सोमबारको बैठक पनि सूचना टाँस गरेर २०६६ साल वैशाख २ गते ३ बजे सम्मका लागि स्थगित भएको छ ।संसद्को यो पाचौँ अधिवेशन चैत १६ गते सुरु भए पनि नियमित कार्यसूचीमा नै प्रवेश नगरी चैत महिना बितेको छ । पूर्वकार्यसूचीअनुसार संसद्को पाचौँ बैठक चैत मसान्तमा अन्त्य गर्ने कार्यक्रम थियो ।बैठक सुचारु हुन नसक्नुमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी -एमाले) ले बुटवलमा एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्यालाई लिएर सदन बहिष्कार गर्दै आएको थियो भने नेपाली काङ्ग्रेसले विभिन्न विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने अडान राख्दै आएको छ । आइतबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालबीच नौबुँदे सहमति भए पनि काङ्ग्रेससँगको कुरा नमिलेपछि संसद्को बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।

No comments: