News

Apr 14, 2009

लिम्वुवानको पालुङवाले फोरमको यादवलाई भेटे

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
लिम्वुवान राष्ट्रिय मोर्चाको अध्यक्ष दिल पालुङवाले परराष्ट्र मन्त्री तथा मधेसी जनअधिकार फोरमको अध्यक्ष उपेन्द्र यादवलाई एन आर एन हङकङले आयोजना गरेको रात्रीभोजको कार्यक्रम संगीत रेष्टुरेण्ट चिम्साचुर्इमा भेटेर लिम्वुवान र अन्तरिम सरकारको विचमा भएको अरुण पूर्वको सम्पूर्ण ९ जिललाहरु ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्वुवान स्वायत्त राज्य हुने सम्झौता भएको सवालमा के कस्तो कार्यन्वयन हुदैछ र लिम्वुवानको भूमि सुनसरी, मोरङ र झापा जिल्लाहरु एक मधेस एक प्रदेशको फोररमको अवधारणा हुंदा उक्त कुराले लिम्वुवानलाई कुठाराघात गरेको र तरार्इका अन्य आदिवासी जनजातिहरुलाई उस्तै समस्या आउने हुंदा तपाईहरुको अवधारण के हुनेछ भनी सोध्नुभएको थियो । यस क्रममा परराष्ट्र मन्त्री यादवले तर्राईमा लगभग ९६ जातिहरु छन् । त्यस्तै पहाडमा पनि छन् । यस्को लागि मन्त्रीपरिषद, संविधान सभा, वुद्धिजिवी तथा राज्य पूनसंरचना आयोग सवैको वृहत छलफलमा कति राज्य वनाउने, कस्तो वनाउने, सिमाना कसरी कोर्ने निक्र्यौल त्यहीवाट हुनेछ भनी कुरा राख्दै अन्तरिम सरकार र लिम्वुवानको सम्झौता र फोरमको अवधारणा वारेमा प्रस्टयाउनु भएको थिएन । उक्त कार्यक्रम एनआरएन अध्यक्ष त्रिलोक गुरुङको अध्यक्षता र अर्जुन गुरुङको सञ्चालनमा सञ्चालित थियो । एनआरएनले दोहोरो नागरिकताको वोरेमा ज्ञापन पत्र दिएको थियो । त्यस्तै जनजाति महासंघको अध्यक्ष भूपेन्द्र चेम्जोङले पनि संविधान सुझाव प्रदान गर्नुभएको थिायो । पत्रकार किसान र्राईले अहिले व्रिटिश कन्सुलेटले नागरिकता त्यागेको कागज मागेको र यसमा नेपालवाट फरकता आईरहेकोले यस्तो हुनुहुदैन एक रुपता हुनुपर्ने सुझाव दिनुभएको थियो ।

No comments: