News

Apr 11, 2009

थाइल्यान्डमा प्रदर्शनका कारण आसियान बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पट्टाया/ थाइल्यान्डमा एसियाली नेताहरूको शिखर सम्मेलन (आसियान) भइरहेको भवनमा एक हजारभन्दा बढीको संख्यामा आएका सरकारविरोधी थाई प्रदर्शनकारीहरूले शनिबार आक्रमण गरेका छन् । प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोडेर सम्मेलनस्थलको मूलद्वारमा रहेको सिसाको ढोका फोडेर बैठक कक्षमा प्रवेश गरेका थिए । उनीहरूले प्रधानमन्त्री अभिसित भेजाजिभाको सरकारविरुद्ध नाराबाजी पनि गरे । प्रदर्शनकारी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा समर्थित हुन् । उनीहरूले रातो कपडामा प्रदर्शन गरेका थिए । प्रधानमन्त्री अभिसितले एसियाली नेताहरूको शिखर सम्मेलन स्थगित गरेका छन् । बैठक भवनवरपर आपतकालीन स्थितिको घोषणा गरिएको छ । प्रदर्शनकारी बैठक परिसरमा छिरेपछि सहभागी विश्वका नेताहरूलाई बैठक परिसरबाट हेलिकोप्टरबाट अन्यत्र सारिएको थियो । यसपटकको आसियान बैठक उत्तर कोरियाले गरेको रकेट प्रक्षेपण तथा आर्थिकमन्दीमा केन्द्रित हुने बताइएको थियो ।

No comments: