News

Apr 14, 2009

पान्थर मञ्च हङकङको नयाँ बर्ष २०६६ सम्पन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/लाओती
पान्थर मञ्च हङकङले नयाँबर्ष २०६६ सालको उपल्क्षयमा भेटघाट तथा बि बि क्यू कार्यक्रम सु-सम्पन गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष श्री कृष्ण राज लाओती ले गर्नु भएको थियो । प्रमुख अथिति नेपाली मंहासघका अध्यक्ष श्री हेम लिम्बु , बिशेस अथिति जनजाति महा संघका अध्यक्ष श्री भूपेन्द्र चेम्जोङ् लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । कार्यक्रममा सम्पूर्ण अथिति तथा ४१ गा.वि.स.का पान्थरे लगायत गैर पान्थरेहरु लाई शुभकामना तथा स्वागत मञ्चमका उपाध्यक्ष श्री हर्क प्रसाद राना ले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव श्री प्रताप कुमार रार्इ गर्नु भएको । दोस्रो चरनको सांस्कृती कार्यक्रम सह सचिव कल्पना तूम्रोक र टिका माखिम ले सञ्चालन गर्नु भएको थियो । कलाकारहरु कल्पना तूम्रोक, श्रीमति पवित्र रार्इ ,दिपा रार्इ , मन्जिला , युत्ता , कुमारी , राजन , तेज टिका माखिम , भगिन्द्र , सरिता रार्इ र निशाम चेम्जोङ तथा अन्य जिल्लाका कलाकारहरुले पनि सहयोग गरेको थियो । सुनिता गिरी राना ले नयाँ बर्षको शुभकामना कविता सुनाउनु भएको थियो । अन्तर पान्थर मञ्चले सञ्चालन गरेको चेस प्रतियोगितामा जम्मा ६ जना सहभागि रहनु भएको थियो । निर्णायकहरुमा आईत सि लिम्बु , शरण सुब्बा र प्रेम नेम्बाङ रहनु भएको थियो । प्रथम श्री मदन कोयू रार्इ , दोस्रो स्थानमा श्री मोति चाम्लीङ र सान्तवना पुरस्कार रनधोज लिम्बु लाई पान्थर मञ्चको अध्यक्ष बाट पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम करिव बेलुका ८३० मा सम्पन भएको थियो ।

No comments: