News

Apr 10, 2009

लिरामोले संविधानसभालाई सुझाव पठायो

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हङकङवाट विभिन्न संस्थाहरुले संविधान सभालाई संविधान निर्माणको लागि आआफ्नो तर्फवाट सुझाव पठाउने क्रममा लिम्वुवान राष्ट्रिय मोर्चाले पनि सुझाव पठाएको समाचार छ । यसमा अध्यक्षात्मक(राष्ट्रपतीय) प्रणाली लागु गर्नुपर्ने, राज्यमा मूख्यमन्त्रीय प्रणाली तथा हरेक क्षेत्रमा समानुपातिक तथा समावेशी निती अपनाउनुपर्ने रहेको छ । त्यस्तै संघीय राज्यहरुमा १) लिम्वुवान २) खम्वुवान ३) कोञचिवान ४) ताम्वावान ५) नेवावान ६) तमुवान ७) मगरातवान ८) जडानवान ९) खसात १०) थारुवान ११) अवधी र १२) मिथीला वनाउन सकिने अवधारणा रहेको छ । यसमा ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मानिर्णयको अधिकार सहित लिम्वुवान स्वायत्त राज्य हुनुपर्ने र उक्त लिम्वुवान राज्यमा १) ताप्लेजुङ २) पानथर ३) र्इलाम ४) झापा ५) संखुवासभा ६) तेरथुम ७) धनकुटा ८) सुनसरी र ९) मोरङ गरी अरुण सप्तकोशीपूर्व, मेची पश्चिम, तिव्वत दक्षिण र भारत उत्तरको भूभाग लिम्वुवान राज्यमा समाहित हुनुपर्ने कुरा रहेको छ ।यसै गरी लिम्वुवान स्वायत्त राज्य सचेतना कार्यक्रम तथा लिम्वुवानी जनताहरुलाई एक शक्तिमा स्थापित गर्न लिरामोको महासचिव अविचन्द्र र्इङनाम लिम्वुवानी दौडानमानै हुनुहुन्छ भने सदस्य गीता पालुङवा पनि महासचिवलाई सहयोग गर्न नेपाल पुग्नु भएको समाचार छ । त्यस्तै लिम्वुवान राज्य स्थापनार्थको लागि अन्य सदस्यहरु तथा अध्यक्ष दिल पालुङवा लिम्वु पनि आउदा दिनहरुमा नेपाल लिम्वुवान जाने वुझिएको छ ।

No comments: