News

Apr 11, 2009

संसद्को गतिरोध अन्त्य गर्ने माओवादी-एमाले सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसद्को गतिरोध र अन्य राजनीतिक समस्या समाधान गर्न सत्ताधारी दुइ दल एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) सहमत भएका छन्। एमाले र माओवादीबीच शनिबार एमाले संसदीय दल सिंहदरबारमा भएको उच्चस्तरीय बैठकमा हत्याहिंसा अन्त्य गर्ने, विगतमा माओवादीबाट भएका कमजोरीप्रति आत्मालोचना गरी आगामी दिनमा त्यस्ता घटना हुन नदिन गम्भीरतापूवक ध्यान दिने, तल्ला निकायलाई कडा निर्देशन दिने, विगतका सहमति कार्यान्वयन गर्नेजस्ता कुरामा सहमति भएको छ। बैठकले ती घटनालाई कसरी समाधान गर्ने, कसको तर्फाट कमीकमजोरी भएको छ, अब के गर्नुपर्छ र दुइ दलबीच तिक्तता हटाउन के रणनीति अपनाउनुपर्छ भन्नेबारेमा २४ घन्टाभित्र प्रतिवेदन बुझाउन एक उच्चस्तरीय कार्यदल बनाएको छ। माओवादीबाट पार्टीताहरू दीनानाथ शर्मा, नारायणकाजी श्रेष्ठ प्रकाश र पोस्टबहादुर बोगटी, एमालेबाट पार्टीताहरू अशोक र्राई, शंकर पोख्रेल र राजेन्द्र पाण्डे कार्यदलमा रहनुभएको छ। पार्टी शीष नेताहरू माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, दीनानाथ शर्मा, नारायणकाजी श्रेष्ठ, पोस्टबहादुर बोगटी, एमालेबाट झलनाथ खनाल, अशोक र्राई, शंकर पोख्रेल, राजेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको बैठकले २४ घण्टाभित्र प्रतिवेदन आएपछि सोहीअनुसार अगाडि बढ्ने र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका पार्टीसँग पनि कुराकानी गर्ने निर्णयगरेको छ। त्यसअघि एकीकृत (माओवादी) सचिवालयको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो। बैठकमा सत्तामै भएर पनि एमालेले प्रतिपक्षको जस्तो भूमिका निर्वाह गरेको, आफनै पार्टी नेता गृहमन्त्री हुँदा पनि प्रचण्ड थैवको हत्यारालाई गिरफतार गर्न नसक्ने अनि त्यसैको निहुँमा संसद् चल्न नदिने भनी प्रश्न उठाएको थियो। यद्यपि बैठकले सबै दलसँग वार्ता गरेर संसद्को गतिरोध हटाउन पहल गर्ने निर्णयगरेको छ। दलहरूबीच सहमति हुन नसकेको तर त्यसतर्फप्रयत्न भइरहेकाले दलहरूकै सहमतिमा व्यवस्थापिका संसद्को शनिबार बस्ने भनिएको बैठक सभामुख सुवास नेम्वाङले सूचनाद्वारा भोलिसम्मका लागि स्थगित गर्नुभएको छ। चैत १६ गतेदेखि प्रारम्भ भएको अधिवेशन अहिलेसम्म औपचारिक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। यसैबीच गत माघ ६ गतेदेखि स्थगित संविधानसभाको बैठक भोलि २ बजे बस्ने भएको छ।

No comments: