News

Apr 11, 2009

राष्ट्रपति हु जिन्ताओले उत्तर कोरियाली नेतालाई बधाई दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सियोल/ चिनियाँ राष्ट्रपति हु जिन्ताओले उत्तर कोरियाली नेतामा किम जोङ इल पुनः निर्वाचित भएकोमा उनलाई हार्दिक बधाई दिएका छन् । बिहीबार किमलाई पठाएको एक सन्देशमा राष्ट्रपति हुले उत्तर कोरियाली राष्ट्रिय सुरक्षा आयोगको अध्यक्षमा किम पुनः निर्वाचित भएबाट उनीप्रतिको कोरियाली जनताको ठूलो विश्वास र समर्थनको संकेत भएको बताएका छन् । "तपाईंको नेतृत्वले कोरियाली ढाँचाको समाजवाद निर्माणका लागि सफलता हासिल गर्न समूहहरूमा विभाजित कोरियाली जनता दृढतापूर्वक अघि बढ्नेमा म विश्वस्त छु,' हुको भनाइ उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । चीन र उत्तर कोरियाबीच सुमधुर मैत्री एवं सहयोगका सम्बन्धहरूको विकास गर्न चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको अटल नीति रहेको उनले प्रस्ट पारे । दुई कम्युनिस्ट मुलुकहरूबीचका द्विपक्षीय सम्बन्ध स्थापनाको ६०औं वर्ष गाँठ मनाएको प्रसंग पनि हुले उल्लेख गरे ।

No comments: