News

Apr 10, 2009

उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रिक्त ६ निर्वाचन क्षेत्रमा शुक्रबार संविधानसभा सदस्यको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । धनुषा-५, को राष्ट्रपतिको गाउँमा भएको सामन्य झडप बाहेक अन्य निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता उद्धव वास्कोटाले बताए । उपनिर्वाचनमा सबै क्षेत्रमा विद्युतीय यन्त्रबाट मतदान गरिएको थियो ।कास्कीको केही मतदान केन्द्रमा विद्युतीय मतदान यन्त्र बिग्रेका कारण केहीबेर मतदान रोकिएको थियो । मोरङ ५, र ७, धनुषा ५, कास्की १, रोल्पा २, र कन्चनपुर ४ गरी ६ क्षेत्रमा उपनिर्वाचन भएको हो । बिहान ८ वजे देखि ५ बजेसम्म मतदान समय तोकिएको थियो । यस पटक मतदानका लागि नागरिकता अनिवार्य गरिएको कारण मत कम कम खसेको छ ।कास्कीमा ४८ प्रतिसत, रोल्पामा ४१ प्रतिसत, मोरङ ५मा ५५ र ७ मा ५० प्रतिसत, धनुषामा ६० प्रतिसत र कन्चनपुरमा ४५ प्रतिसत मत खसेको हाम्रा ई-कान्तिपुर संवाददाताले जनाएका छन् । मतदानका लागि ४९० मतदान केन्द्र निर्धारण गरिएको थियो ।

No comments: