News

Apr 11, 2009

कोसी बाढी पीडितहरुले चार दिन देखि राजमार्ग अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी बाढी पीडितहरुले विभिन्न माग राखी गत बिहीबार देखि कोसी कटान क्षेत्रमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेकाले त्यस क्षेत्रमा चार दिन देखि यातायातका साधन चल्न सकेको छैन । बाढी पीडितहरुले कोसी ब्यारेज देखि सुनसरीको लौकही क्षेत्र सम्म पर्ने खण्डमा ढुंगा मुढा तेस्र्याएर राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले त्यसक्षेत्रम निरन्तर प्रदर्शन पनि गर्दै आएका छन् । कोसी पूर्व तथा पश्चिमका लागि हिडेका सयौं यातायातका साधन त्यहाँ रोकिएका छन् । हजारौं यात्रु चार दिन देखि विचल्लीमा परेका छन् । सरकारद्वारा गठित उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदको सुझाव अनुसार क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर उनीहरुले अनिश्चितकालीन राजमार्ग अवरुद्ध पारेका छन् ।

No comments: