News

Apr 13, 2009

ताइवानमा वेश्यावृत्तिलाई वैध बनाउन अभियान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताइपेई/ ताइवानका सत्ताधारी विधायकले वेश्यावृत्तिलाई वैध बनाउन अभियान थाल्ने भएका छन् । अहिलेको कानुनमुताबिक यौनकर्मी महिलालाई मात्र दण्डित गरिन्छ, उनीहरूका ग्राहकलाई होइन । ती विधायकले यही कानुनमा संशोधन चाहेका छन् । यौनक्रीडामा लिप्त रहेको अवस्थामा भेटिए अहिलेको कानुनअन्तर्गत यौनकर्मीलाई तीन दिनको जेलसजाय वा ३० हजार ताइवानी डलरसम्म जरिवाना गरिन्छ । संसद्मा विधेयक लग्ने तयारीमा जुटिरहेका सांसद चेङ लि वेनले भने- वेश्यावृत्तिलाई अवैध ठानिएकाले यौनकर्मीहरू सदा प्रताडित भए र आफू पीडित भईकन पनि उनीहरू प्रहरीसामु जान सक्दैनन् । यस प्रस्तावमा सत्तारूढ दलका १० भन्दा बढी विधायकको समर्थन प्राप्त भइसकेको छ । विपक्षी दलले भने वेश्यावृत्तिलाई वैध बनाउँदा मुलुकभित्र यौन दुव्र्यवहारका घटनामा वृद्धि हुन पुग्ने प्रतिक्रिया दिएको छ । ताइवानमा बढीमा आठ लाख जनता यौनधन्दासँग जोडिएको विश्वास गरिएको छ । यस धन्दाबाट सरकारलाई वाषिर्क ६० अर्ब ताइवानी डलर राजस्व प्राप्त हुने गर्छ ।

No comments: